सञ्चार मन्त्री बाँस्कोटा आफुलाई बचाउँन चाले यस्तो कदम, मन्त्रीको निर्देशनमा एनटीभीले के भन्यो ?

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ ३०, २०७५

काठमाडौँ – लामो समयदेखि नेपाल टेलिभिजनबाट साताको हरेक शनिवार साँझ प्रशारण हुँदै आएको कार्यक्रम ‘सिधा प्रश्न’ संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आदेशमा बन्द भएको खबर प्रति आपत्ती जनाउँदै नेपाल टेलिभिजनले खण्डन गरेको छ । स्राेतका अनुसार याे खडण्न पनि  मन्त्री बाँस्काेटाकै निर्देशनमा गरिएकाे हाे।

नेपाल टेलिभिजनका महाप्रवन्धक सचिन रोकाले उक्त कार्यक्रम बन्द हुनुमा सञ्चार मन्त्री बाँस्कोटाको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले भने ‘नेपाल टेलिभिजन समाचार च्यानलको आफंनै आन्तरिक निर्णयअनुसार नै सिधा प्रश्न कार्यक्रम बन्द गरिएको हो, कार्यक्रम बन्द गर्न मन्त्रीको कुनै निर्देशन छैन’

तर  मन्त्री बास्कोटाकै निर्देशनमा उक्त च्यानलले त्यस्तो निर्णय गरेकाे स्राेतकाे दावी छ। लिएको हो। स्राेतका अनुसार मन्त्री अाँफुलार्इ चाेखाे बनाउँन यस्ताे कदम चालेका हुन्।

यसअघि उक्त कार्यक्रम मन्त्री बाँस्कोटाको निर्देशनमा बन्द गरिएको कार्यक्रम सञ्चालक राजु थापाले बताएका थिए । जसको मन्त्रीलार्इ लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।