कांग्रेस नेता केसीले प्रधानमन्त्री ओलीको खोले पोल , अब जनता सामुन्ने कसरी जान्छन् ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, जेष्ठ २९, २०७५

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले  सरकारले हालै ल्याएको बजेट परम्परागत नै भएको जिकिर गरे ।

उनले भने,‘उहाँहरुले जनतासामू गरेका आश्वासनहरु पनि छैन, स्वप्निल कल्पना छैन, बजेटमा लक्षित कार्यक्रमहरु केही पनि छैनन, आएका कार्यक्रमहरुपनि छरिएर आएका छन्, बजेटमा पपुष्टि र उडन्ते कुराहरुमात्रै छन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ताका वृद्धवृद्धालाई घरमै ५ हजार भक्ता पुर्याउने भनेर गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको उल्लेख गर्दै केसीले भने,‘ग्रोयबल्स शैलीमा यस्तो झुठको खेती गर्नुहुँदैन।’

नेता केसीले झुठको खेती गरेर राजनीति गर्ने प्रम अाेली अब कसरी जान्छन् जनताकाे सामुन्ने त्याे हेर्न बाँकी नै छ।