देश फेरी द्वन्दमा जाने खतरा-कांग्रेस नेता कृष्णप्रसाद सिटौला

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, जेष्ठ १२, २०७५

काठमाण्डौ– कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले  मुलुक फेरी द्धन्द्धमा जाने खतरा रहेको खुलासा गरेका छन्।राजधानीमा शनिबार विहान पत्रकारहरुसँगको अन्तक्रियामा कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिटौलाले प्रधानमन्त्री ओलीतिर प्रश्न तेस्राउँदै भने,’एउटा कम्युनिष्टहरु सरकारमा र अर्को कम्युनिष्ट शक्ति बिद्रोहमा जानु समेत मुलुकका लागि साह्रै नराम्रो स‌ंकेत हो।’

नेता सिटौलाले विप्लव समूहको कारण मुलुक फेरी द्धन्द्धमा जाने खतरा रहेको औंल्याए । उनले भने तत्काल यस तर्फ सत्तारुढ दल सरकारले ध्यान दिन आवश्यक छ।

उनले विप्लपको समेत सहमतीबाट तत्कालिन माओवादीहरुसँग शान्ति प्रक्रियामा सहमती भएको भन्दै मुलुकलाई द्धन्द्धमा नलैजान विप्लवसँग आग्रह समेत गरे ।

‘एउटा कम्युनिष्ट शक्ति सरकारमा र अर्को कम्युनिष्ट शक्ति विद्रोहमा भएको अवस्था छ, मुलुकका लागि यो अशुभ संकेत हो, यसमा सरकारमा रहेकाहरुले तत्कालै ध्यान दिनु पर्छ, म विप्लव जीसँग पनि आग्रह गर्छु, मुलुकलाई द्धन्द्धमा लैजानु जायज हुँदैन ।’ सिटौलाले भने

सिटौलाले कांग्रेसकै नेतृत्वमा मुलुकमा संघिय संरचना सहितको संविधान जारी भएको भन्दै आफ्नो दल संघिय संरचना अनुसार संचालन हुन नसक्नु भने दुःखद् भएको औंल्याए ।

पार्टी संघीय संरचनामा जानु पर्छ भन्ने बैचारिक मुद्धा आफ्नो रहेको भन्दै नेतृत्वको निर्णय र विचार भने सामन्ती प्रवृतीको रहेको बताए । पार्टी भित्र तल्लो स्तर देखि माथील्लो स्तरसम्म चाकडी प्रथा रहेको भन्दै सिटौलाले चाकडी प्रथाले नेतृत्वमा सामन्ती प्रवृति उब्जाएको दाबी गरे ।

प्रजातन्त्र र लोकतन्त्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रेसले सत्ता र प्रतिपक्षलाई सही ठाउँमा राख्नु पर्नेमा समेत सिटौलाले जोड दिएका छन ।