सबै भन्दा ढोँगी -कम्युनिस्ट पार्टीहरू !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ११, २०७५

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आफ्नो सम्पत्तिमा दुईवटा कुकुरसमेत भएको विवरण उल्लेख गरेका छन् ।

तीमध्ये एउटा कुकुर र एउटा कुकुर्नी छ । ती दुई कुकुरको मूल्य दश लाख रहेको उच्च स्रोतले जनाएको छ । कुकुर पाल्न सोखिन थापाले छिमेकीसँग एउटाको पाँच लाखका दरले दुइवटा कुकुरलाई दश लाखमा खरिद गरेका हुन् ।

उनीसँग भएको यो एक मात्र सम्पत्ति भने होइन । श्रीमती नैनकला थापाको नाममा चितवनमा अंशबन्डाबाट पाएको एउटा घर छ ।

श्रीमतीकै नाममा ससुरालीबाट प्राप्त एक लाख रुपैयाँमा किनेको जग्गा छ । यस्तै उनीसँग ६ तोला सुन र ३ लाख नगद साथमा छ । यस्तै, दुईवटा बैंकमा तीन लाख ८० हजार बचत छ ।

श्रीमतीको नाममा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीमा १४ हजार ६ सय रुपैयाँको १ सय ४६ कित्ता सेयर छ । कर्मचारी सञ्चयकोष कट्टी हुँदा आएको रकमबाट सेयर किनेको उल्लेख छ ।

माओवादी सशस्त्र द्वन्द्वका बेला दाइजो लिएको भन्दै भाटे कारबाही चलाएका गृहमन्त्री थापाले आफ्नी श्रीमतीको माइतबाट पैसा दाइजोमा लिएको स्वीकार गरेका छन् । उनको यो व्यवहारले कम्युनिस्ट पार्टीहरू कति ढोँगी छन् भन्ने प्रष्ट देखाएको छ ।

गृहमन्त्री थापाले ललितपुरमा आफ्नो छोराले अबै रुपमा सञ्चालन गर्दै आएको क्रसर उद्योगलाई सम्पत्ति विवरणमा देखाएका छैनन् ।