आयल निगमका तत्कालीन निर्देशकले न्यायाधीश विरुद्ध गराए निवेदन दर्ता !अदालतमा उपस्थित चकित

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ १०, २०७५

काठमाण्डौ।

नेपाल आयल निगमका तत्कालीन प्रबन्धकनिर्देशक गोपाल खड्काले अदालतकाे न्यायाधीश विरुद्ध नै निवेदन दर्ता गराएका छन्। नागरिक दैनिकविरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्धकनिर्देशक खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास निवेदन दर्ता गरेर गरेका छन्।

 

उनले नागरिक दैनिकमा प्रकाशित समाचारबाट आफ्नो मानहानी भएको भन्दै ८० करोड रुपैयाँ क्षतिपूर्ति दावी समे गरेका छन् । पटक–पटकको सुनुवाईका लागि तोकिएको पेसी सार्दै आएका खड्काले सोमबारको पेसीमा न्यायाधीश कैलाशप्रसाद सुवेदीसँग नागरिक दैनिकका सञ्चालकको नाता रहेको बुझिन आएको भन्ने निवेदन दिई उनलाई मुद्धा नहेर्न उनी विरुद्ध निवेदन दर्ता गराउँदै  दबाब दिएपछि अदालतमा यो कुरा सनसनी मच्चाएको थियो। । यो कुरा सुनेर अदालतमा उपस्थित ब्यक्ति नै चकित परेका थिए।