सबैले आशा गरेको “मार्न र मर्न” भिडियो सहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ४, २०७५

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित मोडल हुन बिमल अधिकारि । लामो समयदेखि लोक गीतको विधामा अभिनयमा राज गर्दै आएका बिमल अधिकारिको अभिनयमा नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेका अधिकारिका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।

 

आफुले निकालेका सबै गितहरुले चर्चा संगसंगै सधै आफुलाई संगीतकार तथा सर्जकको रुपमा परीचित बनाउदै आएका सेन्चुरी अहिले गायकको रुपमा पनि उतिकै लाखौ दर्शक श्रोता हरुको मन जित्न सफल भयका छन् ।

 

बास्तबमा खेम सेन्चुरी गित संगीत छेत्रको लागी एक अब्बल ब्यतित्व मानिन्छन् । करिब २००/३०० को हाराहारीमा आफ्ना सिर्जनाहरु  प्रस्फुटन गरि सकेका सेन्चुरी २०६५ सालमा गित संगीत छेत्रामा आफ्ना सपना पुरा  गर्नका निमित्त राजधानी छिरेका बताउछन्।

 

अत्याधिक सिर्जना गरेर  आफुलाई चर्चामा ल्याउन सफल सेन्चुरी पछिल्लो समयमा आफ्नु गायकि पन लाई पनि निखार्दै अगाडी  बढी रहेका छन् भने दर्शक श्रोताहरुले पनि छोटो समय मा उहाको स्वर लाई मन पराएको  देखिन्छ । साथै स्टेज तथा मेला महोत्सबमा पनि उनको तेतिकै माग बढ्दो क्रममा छ।

 

गीतको चर्चा संगसंगै सधै आफुलाई सर्जकको रुपमा परीचित बनाउदै आएका सेन्चुरी अहिले गायकको रुपमा पनि उतिकै लाखौ दर्सक श्रोता हरुको मन जित्न सफल भयका छन् ।

 

नेपालका ख्यातिप्राप्त चर्चित गायक तथा संगीतकार खेम सेन्चुरी र गायिका जानुका तामाङको आवाजमा सबैले एकदमै आस गरिएको गित “मार्न र मर्न” सार्बजनिक भएको छ।

 

फिल्मी शैलीमा केहि दिन पहिला आफ्नु ट्रेलर सार्बजनिक गरेको “मार्न र मर्न” म्युजिक भिडियो कस्तो बनेको होला भन्ने सबैलाई खुल्दुली भएको धेरैको चासो रहिरहेको बेला आज सार्बजनिक भएको छ।

 

रोहित मल्लको लय रहेको यस गीतमा शब्द भने नेत्र अर्यालको रहेको छ । भावना म्युजिक कम्पनि मार्फत बजारमा सार्बजनिक हुने यस गीतको छायांकन भने नेपालका विभिन्न ठाउ चोभार, बल्खु, भक्तपुर, गोदावारी रामेछाप जिल्ला आसपासमा गरिएको कुरा यस गीतका मोडल तथा भावना म्युजिक सोलुसनका संचालक बिमल अधिकारीले मिडिया डबलीलाइ जानकारी दिएका छन् ।

 

उक्त भिडियोमा मोडल बिमल अधिकारि र सगुन शाहीको जोडदार अभिनय देख्न सकिन्छ । चर्चित सम्पादक बिष्णु शर्माको सम्पादन तथा राजेश घिमिरेको छायांकन र निर्देशन प्रकाश भट्टले गरेका छन् ।

 

यस भिडियोको कथा एकदमै भिन्न तरिकाले फिल्मी शैलीमा प्रस्तुत गरेको र महिले पनि एकदमै आशा गरेको मिडिया डबली संग कुरा गर्दै यस भिडियोका निर्देशक प्रकाश भट्टले जानकारी दिएका थिए । सबैले आशा गरिएको उक्त गीतलाई मिडियाडबलीको तर्फबाट शुभकामना ।