काठमाडौँको कला र सस्कृति जोगाउँन कार्यक्रम हुदै

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २७, २०७४

काठमाडौँ– काठमाडौँ भ्याली आफ्नो छुट्टै मौलिक कला र सास्कृति बोकेको ठाउ हो । यहाको रहनसहन भाषा भेषभूषाले आफ्नो छुटै मौलिकता छ । तर मौलिकताको नाममा इतिहासको धरोहरहरु मासिदै आएको छ । हाम्रो पुस्ताको दाइत्व भनेको त्यस्ता इतिहासलाई भबिस्य सम्म जोगाउनु हो।

यस कारण नयाँ वर्ष २०७५को उपलक्ष्यमा किल्लगल टोल सुधार समितिले आयोजना गर्न लागेको साँस्कृतिक तथा साङ्गितिक कार्यक्रम हुन गइरहेको छ। नेवारी संस्कृतिको सौन्दर्य, जीवनशैली र महत्त्व झल्किने यो कार्यक्रममा यहाँको मठमन्दिर तथा विहारहरुको महत्व र यसलाइ किन हामीले उजागर गर्नुपर्छ भन्ने कुरा बुझाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो ।

कार्यक्रमको आकर्षणहरु:
स्थानिय र अन्य ख्याति प्राप्त कलाकारहरुद्वारा स्नृत्य संगित तथा स्थानिय बाजागाजा बाद्यवादन ।
स्थानीय खाना तथा हस्तकलाको स्टल। फोटोग्राफी प्रदर्शनी।
भूकम्पले क्षतिग्रस्त कलात्मक झ्यालहरुको प्रदर्शनी।
लाइभ चित्रकला प्रदर्शनी। सामान्य वर्कशप कार्यक्रम।
दिप प्रज्वलन कार्यक्रम, इत्यादि।