यी तिनमा कसले बाजी मर्ला त प्रहरीको नेतृतमा ? यस्तो हुदै छ भित्रि खेल

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र २६, २०७४

काठमाडौँ– नेपाल प्रहरीमा नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ । वर्तमान आईजीपी प्रकाश अर्यालले यही २९ चैतबाट अककाश पाउँदैछन् ।

 

प्रहरीमा नेतृत्व फेरिन अब तीन दिन मात्रै बाँकी हुँदा नयाँ आईजीपी बन्ने दौडमा रहेका डिआईजीहरुको सक्रियता ह्वात्तै बढेको छ।

आइजिपीका क्यान्डिेटहरुमा यतिवेला डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्पकर कार्कीको नाम अगाडि छ । तीनै जना डिआईजीहरु नेतृत्व आफूले सम्हाल्न आँतुर छन् । तर बाजी कसले मार्ने हो, त्यो भने हेर्न बाँकी छ ।

३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी अर्यालसँगै हालका १५ जना एआइजीले विदा हुँदैछन् । आइजिपी बनाउने अधिकार भने सरकारसँग छ। नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच छलफल भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले स्वविवेक प्रयोग गर्ने र योग्य र सक्षम व्यक्तिलाई आईजीपी बनाउने कुरा आफू निकटका नेताहरुसँग गरेको स्रोतको दाबी छ ।