दुर्घटनाबाट यसरी बच्यो मकालु एयरको जहाज

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

सिमकोट – मकालु एयरको सिंगल इन्जीनको 9NAJG कल साइनको जहाज दुर्घटनाबाट बचेको छ । आज बिहान पौने १० बजे ९ यात्रु लिएर सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारीमा रहेका बेला हाइड्रोलिक लिक भएर धावन मार्गमै रोकिएपछि हजाज दुर्घटनाबाट बचेको सिमकोट विमानस्थलका निमित्त प्रमूख राजु महतोले जानकारी दिए ।

उनका अनुसार हजाज एप्रोनबाट १५ मिटर गुडिसकेको थियो अचानक क्याप्टन किरण भट्टराईले थाहा पाएपछि अकस्मात रोककेका थिए । एप्रोनबाट १५ मिटरको दूरीमा गुडेको उक्त जहाजलाई मकालु एयरका स्थानीय कर्मचारी र अन्य यात्रुले धकेलेर पार्किङ्ग गरेर राखिएको मकालु एयर सिमकोटका प्रमुख लोकन्द्र रावतले जानकारी दिए ।

हाइड्रोलिक लिक भएपछि सिमकोट विमानस्थलमै थन्किएको उक्त जहाज मर्मतका लागि सुर्खेतबाट इन्जीनियर झिकाइने भएको छ ।