हिन्दु युवा जनशक्ति संघ द्वारा श्री निवासाचार्यमाथि गोली प्रहार गर्ने अपराधिलाई कार्वाही गर्न माग

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र २५, २०७४

काठमाडौँ–  कांग्रेसका हिन्दूवादी युवा नेता विकास ठाकुरले हिन्दू धर्मलाई आक्रमण गर्न श्री निवासाचार्यमाथि गोली प्रहार भएको आरोप लगाए । उनले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । गाई संरक्षण तथा हिन्दू धर्मको पक्षमा काम गर्दै आएका श्री निवासाचार्यमाथि आइतवार बिहान करिव २ बजे विराटनगरमा गोली प्रहार भएको हो ।

मोटर साइकलमा आएका दुईजनाको समूहले श्री निवासाचार्यमाथि गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।गाई हत्याको माग चलिरहेका बेला गो रक्षाको अभियान चलाएका हिन्दूवादी नेता श्री निवासाचार्यमाथि गोली प्रहार भएको छ ।

हिन्दु युवा जनशक्ति संघ नेपालका अधक्ष्य समेत रहेका ठाकुरद्वारा जारी विज्ञप्तिमा ले श्री निवासाचार्यमाथि गोली प्रहार गर्नेहरु माथि कडा कार्वाहीको माग गरेको छ ।