२४ चैत्र २०७४ शनिवारको राशिफल

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र २४, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक धन लाभ हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक यात्रा होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महिला वर्ग बाट सहयोग मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । दिनको उत्तरार्ध सुखद रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजननितक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । धर्म कर्म,परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा बाधाका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । रोजगारको अवसर मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य विग्रिएला । सरकारी निकाएको भय रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । भूमि लाभ रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वाश उत्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । – ज्यो.प. नारायणप्रसाद दुलाल