२३ चैत्र २०७४ शुक्रवारको राशिफल

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र २३, २०७४

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्ति बाट धोका पाइएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रा गर्दा सचेत हुनुपर्नेछ ।

मिथुन

 

(का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकताबाट धनार्जन होला । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमंग र उत्साहा छाउनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । प्रेम सम्बन्धमा फाटो आउन सक्छ ।

तुला

 (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

धनु

 (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक सङ्कटमा परिएला ।

कुम्भ

 (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राज्य बाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ ।

बृष

 (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । नयाँ कार्यको थालनी हुनेछ ।

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला ।

बृश्चिक

 (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक कार्य अघी बढ्नेछ । मान प्रतिष्ठा बढ्नेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ ।

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नसोचेको ठाउँबाट धनागम हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल