बबरमहलमा साझा बस र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २१, २०७४

काठमाडौं– माइतीघर-बबरमहल सडकखण्डमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
दिउँसो करिब साढे १२ बजे विपरीत दिशाबाट आइरहेको बा ८४ प ७४६१ नम्बरको मोटरसाइकल बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख २२२८ नम्बरको साझा बसमा ठोक्किएको थियो। मृत्यु हुनेमा काठमाडौं जोरपाटी बस्ने २३ वर्षीय सरत्न पाण्डे रहेका छन्।

गम्भीर घाइते भएका पाण्डेको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा संलग्न सवारीसाधन सहित चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।