अझै एक हप्ता पानी पर्ने

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र २१, २०७४

काठमाडौँ– प्रि मनसुनमा देखिएको सक्रियताका कारण बुधबार काठमाडौंमा वर्षा भइरहेको छ।

यो क्रम साँझपखसम्म चल्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए।

‘प्रि मनसुनको सक्रियता कारण काठमाडौं लगायत पहाडी भेगमा वर्षा भइरहेको छ,’ पौडेलले भने, ‘यो क्रम साँझपखसम्म जारी रहन्छ।’

यो हप्ताभरि फाट्टफुट्ट वर्षा हुने मौसम विभागले जनाएको छ।