काठमाडौंमा दौरा सुरुवालले इतिहास रच्दै !

राजानन्द माण्डव्य प्रकाशित : सोमवार, चैत्र १९, २०७४

काठमान्डौ– रास्ट्रीय पोशाक दौरा सुरुवालका पारखीहरुका लागि  सुविधा सम्पन्न पोशाक घरको सुरुवात भएको छ ।  पूर्व सास्कृति मन्त्रि आनन्द पोखरेल, बरिस्ठ पत्रकार भैरव रिजाल, लगायत भिभिन्न सामाजिक ब्यक्तित्व तथा कलाकार गरुको बाक्लो उपस्थितिमा बानेश्वोरको संघिय संसद भवन पछाडी खरेल हाउस संगै रास्ट्रीय पोशाक घरको बानेश्वोर साखा बिस्तार भएको छ ।रास्ट्रीय पोशाक घरमा नेपालमा उत्पादित अल्लो, सिस्नो, कोगटि, केराको रेशा, ढका तथा खादिका कपडाहरु सस्तो र शुलभ मुल्यमा तयार गरिन्छ ।

”जाग युवा   बनौँ उद्यमी” जरा गु्रप एक बहु उदेश्य लिई नेपालमा स्थापना भएको एक प्राईभेट कम्पनी हो । यस कम्पनीले हाल ३ वटा व्यवसाय संचालन ल्याएको जस अन्र्तगत जरा डेकोर हव,जरा ग्यालरी, रास्ट्रीय  पोशाक घर रहेको छन । जराले नेपाली उत्पादन लाई अन्तराष्ट्रिय बजारीकरण तथा अन्तराष्ट्रिय  उत्पादन लाई नेपाली वजारका प्रर्वद्धन गर्ने काम गरीरहेको छ । वातावरण मैत्री तथा पर्यावरणलाई दिगो राख्ने सोचले जराले जरा टेकोर हव मार्फत घर,स्कुल,कलेज,होटलहरुमा सजावट तथा तरकारी वगैचा प्रर्वद्धन व्यवसाय संचालन गरीरहेको छ साथै भित्री सजावटको काम पनि गरीरहेकोछ ।

नेपालमा उत्पादन भएका हस्तकला तथा सजावटका लागी उत्पादीत बस्तुहरुलाई नेपाली वजार तथा अन्तराष्ट्रिय प्रवद्र्धन गर्ने गरी जराले जरा ग्यालरी व्यवसाय संचालनमा ल्याएको हो जस मार्फत हाल, अमेरीका,वेलायत, भारत,चिन, भेतनाम, इन्डोनेसियामा नेपाली उत्पादनलाई प्रवद्र्धन गरी रहेको छ । व्यवसायलाई आम्दानी श्रोत  मात्र नबनाई यस कम्पनीले नेपाली स्वाभिमानलाई थाती राखी हाल मात्र रास्ट्रीय पोशाक उत्पादन गर्न रास्ट्रीय पोशाक घर संचालन ल्याएको हो । साथै भावि दिनहररुमा यस कम्पनीले नेपालमा रोजगारीको अवसर सिर्जना गर्न अन्य व्यवसायहरु संचालन गर्ने बृहत योजना बोकेको छ ।

कार्यक्रमको झलकहरु