सभापति देउवाद्वारा नेता खड्काप्रति श्रद्धाञ्जलि

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, चैत्र १८, २०७४

काठमाडौँ–  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवंगत नेता खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले आज ललितपुर, सानेपास्थित नेता खड्काको निवास पुगेर उहाँको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य, पार्टीका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षका उमेरमा निधन भएको हो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर शनिबार राति नेपाल ल्याई सानेपास्थित उहाँकै निवासमा राखिएको छ । यसअघि आज बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा प्रकाशशरण महत, डा शेखर कोइरालालगायतले सानेपा पुगी नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बिहानैदेखि उहाँको निवासमा काँग्रेसका सयौंँ नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । उहाँको पार्थिव शरीर आज अपराह्न १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा दासंस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो