एमालेबाट निर्वाचित, बोक्सीको आरोपमा ‘त्यो मेरो काम हैन’ भन्ने मेयर चौधरी माथि कसले हान्यो गोली ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, फाल्गुन २९, २०७४

काठमाडौँ- कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चोधरीमाथि सोमबार साँझ गोली प्रहार भएको छ ।

प्रदेश नम्बर–७ का प्रहरी प्रमुख एआईजी माधव नेपालले चौधरीमाथि मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली प्रहार गरेको जानकारी दिए ।

चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । केही दिनअघि भएको बोक्सी प्रकरणमा मतियारको काम गरेको भन्दै मेयर चौधरीमाथि कारबाही गर्न चौतर्फी दबाब थियो ।

एमालेबाट निर्वाचित मेयर चौधरीको बोक्सी काण्डमा भएको संलग्नता छानबिनका लागि पार्टीले समेत छुट्टै समिति गठन गरेको थियो ।