विमानस्थलमा भएको विमान दुर्घटनाप्रति नेपाली सेनाद्वारा दुःख व्यक्त

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाप्रति नेपाली सेनाले दुःख व्यक्त गरेको छ।

युएस बंगलाको विमान दुर्घटनापछि यात्रुको उद्दारमा खटिएको सेनाले घटनाले दुःखी बनाएको उल्लेख गरेको छ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले दुर्घटनाले सेनालाई ज्यादै दुःखी बनाएको उल्लेख गर्दै भनेका छन्– दिवंगत आत्माको चिरशान्तिको कामना परिवार गुमाउने सबैमा नेपाली सेनाको तर्फबाट समवेदना व्यक्त गर्दछु। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’