पाइलटको शव २ सय मिटर टाढा भेटियो, को–पाइलट अस्पताल भर्ना !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

 काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाण्डुबाट बंगलादेशका लागि उडेको विमान बीच बाटोमा प्राविधिक समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो ।

दुर्घटनाग्रस्त विमानको मुख्य चालक महिला भएको बुझिएको छ । उनको शव विमान दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर टाढा डडेकाे अवस्थामा भेटिएको छ । उनी बंगाली नागरिक भएको बताइएको छ । अर्को को–पाइलटको भने उपचार भइरहेको छ । को–पाइलट भने पुरुष हुन् ।