त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, फाल्गुन २८, २०७४

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बंगलादेशबाट काठमाडौं आएको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो । अहिलेसम्म १४ घाइतको उद्धार गरिसकेको महानगरिय प्रहरी आयुक्तको कार्यालयका एसएसपी पूर्णचन्द्र जोशीले बताए ।
उनका अनुसार विमानमा २ सय ५० भन्दा बढी यात्रु सवार थिए । धावनमार्गमा जहाज चिप्लिएर दुर्घटनामा परेको उनको भनाइ छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा लगिएको छ ।