खगराजलार्इ कांग्रेस प्रवेश हुनबाट देउवाले नै रोकेको खुलासा, वाम गठबन्धनभित्र यसरि भयो खैलाबैला !

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, मंसिर ६, २०७४

pashupati

नेकपा माओवादी केन्द्रका नेता तथा डडेल्धुराबाट प्रतिनिधि सभाका उमेद्वार खगराज भट्टलाई कांग्रेसमा प्रबेश हुनबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै रोकेको खुलासा भएको छ ।

 

स्थानिय तहको चुनावका क्रममा माओवादी केन्द्र र कांग्रेसको मिलिजुली सरकार सञ्चालनका क्रममा खगराज भट्टले कांग्रेस सभापति देउवासंग माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गर्ने प्रस्ताव गरेको तथ्य बाहीर आएको हो ।

 

भट्टले आफ्ना हितैसी मानेका तत्कालिन प्रधानमन्त्री कार्यालयका एक जना स्वकिय सचिव मार्फत देउवालाई उक्त प्रस्ताव गरेपनि कांग्रेस सभापति देउवाले माओवादी संगको तालमेलमा असर पुग्ने भन्दै पार्टी प्रवेश तत्कालै गर्न सम्भव नभएकोले केही दिन पर्खिन आग्रह गरेको समेत खुलेको छ । डडेल्धुरामा अहिले बाम गठबन्धनबाट प्रतिनिधि सभाकालागि उमेद्वार रहेका भट्टको भित्री रहस्य खुलेपछि माओवादी र एमाले कार्यकर्ताहरु ससंकित भएका छन् ।

 

हालसालै माओवादी केन्द्र छोडेर नेपाली कांग्रेस प्रवेश गरेका गन्यापधुरा गाँउपलिकाका वाड अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री प्रचण्डका स्वकिय सचिव समेत रहेका चेतराज भट्टको गाँउमा प्रबेश गरि कांग्रेस र आफ्नो बारे अर्नगल प्रचार गर्न थालेपछि उनको पर्दाफास गर्ने चेतावनी चेतराज भट्टले फेसबुक मार्फत सार्वजनिक रुपमै खुलासा गरेका छन् ।

 

डडेल्धुरामा यही विषयलाई लिएर बाम गठबन्धन भित्र विवाद चुलिएको छ भने बाम राजनीति तरंगित भएको छ । गठबन्धनकै एक नेताले एकले अर्काे पक्षलाई कमजोर बनाउने क्रियाकलापहरु समेत प्रष्ट देखिएको स्वीकार गरेका छन् । तर माओवादी केन्द्र तर्फका उमेद्वार खगराज भट्टले यो कुरा भ्रम मात्रै भनेका छन् ।

 

खगराजको कांग्रेस प्रवेशको विषयलाई लिएर कांग्रेसले अजयमेरुको गाँउपालिकाको नेतृत्व समेत गुमाउनु परेको रहस्य पनि जानकारहरुका विचमा चर्चाको विषय बनेको थियो ।