प्रधानमन्त्रि हुदा समेत पनि केहि नभएको भन्दै पशुपतिनगरमा देखियो यस्तो कायापलट, कांग्रेश लाइ फाइदा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, मंसिर ६, २०७४

pashupati

प्रतिनिधि र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा इलाम क्षेत्र नम्बर १ मा विभिन्न पार्टीमा आबद्ध रहेका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।

 

निर्वाचनको नजिक एमाले–माओबादीका धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रबेश गर्ने लहर बढेपछि बाम गठबन्धन आत्तिन थालेको काँग्रेसले जनाएको छ ।

 

यसैक्रममा सूर्योदय नगरपालिका स्थित पशुपनिगर साविकको वडा नम्बर २ मा विभिन्न पार्टीमा आबद्ध ८० घरपरिवारबाट तीनसय जनाभन्दा बढि नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा संघिय समाजबादी, एमाले र माओबादी केन्द्रका बढि रहेका छन् ।

 

एमालेको सरकार बन्दा तथा सोहि क्षेत्रबाटै पटक पटक चुनाव जितेर प्रधानमन्त्रि समेत बनिसक्नु भएका एमाले नेता झलनाथ खनालले आफू सरकारमा हुँदा समेत विकास निर्माण तथा कृषि, पर्यटन लगायतका कुनैपनि क्षेत्रमा काम नगरेकाले अबको निर्वाचनमा नेपाली काँग्रेसमा उचित, उर्जावान, सालिन र विकासवादी नेता पाएकाले यहाँका अन्य दलका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढेको काँग्रेस नेता मिलन क्षेत्रीले बताउनुभयो ।

 

सालिन, समझदार र विकासवादी तथा समाजसेवी नेताका रुपमा छबि बनाएका काँग्रेसका नेताहरु क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेकाले अन्यपार्टी छोडेर काँग्रेस प्रवेश गर्नेको संख्या बढेको क्षेत्रीको भनाई छ ।

 

यसैक्रममा क्षेत्र नम्बर १ को (१) मा काँग्रेसका उम्मेद्वार देवेन्द्र राई सहितको टोलिले आज सूर्योदय नगरपालिका अन्तर्गत फिक्कल बजार, याङ लगायतका क्षेत्रमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ । यस्तै क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका भूपेन्द्र कट्टेल र प्रदेश सभा १ को (२) का उम्मेद्धार दूर्गा बराल पनि चुनावी अभियानकै क्रममा सोहि नगरपालिकाको समाल्बुङ क्षेत्रमा रहनु भएको छ ।