घरमाथिबाट खसेको ढुंगाले एकै परिवारका चार जनाको ज्यान लियो

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, अशोज ३, २०७३

बाग्लुङको बोगादोभान गाविसमा घरमाथिबाट खसेको ढुंगाले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
बोगादोभान गाविस वडानम्बर-४ रिक्लाङका ३८ वर्षीया भिमकुमारी रोका, उनकी १४ वर्षीया छोरी इन्द्रकुमारी रोका, १२ वर्षीया छोरा इन्द्रजित रोका र ९ वर्षीया छोरी मायादेवी रोकाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान करिब बिहान चार बजे घरमै सुतिरहेका बेला करिब दुई सय मिटर माथीबाट घरमाथि ढुंगा खसेको थियो । ढुंगा खस्दा घर भत्किएको र घरभित्र सुतिरहेका चारैजनाको च्यापिएर मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि बुर्तिवाङ स्वास्थ्य चौकीमा ल्याउने तयारी भइरहेको छ ।