हिमालयन डिस्टिलरीको गत आर्थिक बर्षको नाफा २४ करोड

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर २६, २०७३

pashupati

 हिमालयन डिस्टिलरीको साधारणसभाले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।

वीरगञ्जमा शनिबार सम्पन्न १६औँ साधारणसभाले लाभांश पारित गरेको हो। कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ मा २४ करोड, २२ लाख ५८ हजार  १६० रुपैयाँ खुद नाफा कमाएको थियो।

जस मध्ये शेयरधनीलाई आठ करोड ११ लाख ८८ हजार ५२६ वितरण गरेको हो। कम्पनीको ३८ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ।

अध्यक्ष मारग्रेट टि.जे. शाहले मिडिया डबली संग कुरा गर्दै आगामी दिनमा कम्पनीलाई अझ सुदृढ बनाएर लैजाने बताइन्।