जगदम्बा सिमेन्टले उपभोक्ता जगाउँदै

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १३, २०७३

नेपालमा कहिले कहिँ भुकम्प आइरहेको र नेपालमा बस्नी सबैलाई रात दिन नभनीकन कुद्नु परेको हुनाले जगदम्बा सिमेन्टले यस बारे चासो राखेको छ ।

जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणका बारेमा राजमिस्त्रीसँग भेटघाट गरेको छ । कार्यक्रममा एक सय भन्दा बढी डिलर तथा राजमिस्त्री को सहभागिता थियो ।

उद्योगले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विभिन्न कार्यक्रम गर्दै आएको छ। उद्योगले आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ नारासहित नेपालीलाई देश निर्माणका लागि अपिल गरेको छ। उद्योगले सरकारले अघि सारेको पुनः निर्माणलाई सघाउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।