नेपाल प्राधिकरणमा दुई अर्ब काण्ड !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १३, २०७३

नेपाल बिधुत प्राधिकरणमा ग्राहक तथा वितरण निर्देशनाले आवश्यता नै नपर्ने दुइ अर्ब ३२ करोड मुल्यको सामान खरिद गरि थनक्याएर राखेको रहस्य खुलेको छ।

सामान खरिद गर्दा प्राप्त हुने ४० प्रतिशतसम्मको कमिशनको लागि अनाबश्यक सामान खरिद गरिएको हो । एकातिर प्रसारण लाइन समयमै बनाउन नसक्दा उत्पादित बिजुलीमध्ये करिब एक सय मेगाउट खेर गइरहेको छ भने अर्को तिर झन्डै साढे दुइ अर्ब रुपैया खर्च गरेर अनाबश्यक सामान खरिद गरिएको रहस्य फेला परेको छ।

स्टक चालु सम्पति २ अर्ब ३२ करोड पुगेको छ।  अन्तरास्ट्रिय मान्यताअनुसार सस्थाको कुल सम्पतिको १ प्रतिशत भन्दा बढी मूल्य को सामान स्टक राक्न मिल्दैन वितरण निर्देशनालयको ६.३९ प्रतिशत पुगेको हो।

प्राधिकरणको कुल सम्पति हाल ३६ अर्ब ४४ करोड १८ लाख बराबर छ यस हिसाबले १ प्रतिशत अर्थात ३८ करोडभन्दा बढी मूल्यको स्टक सामान हुनुहुदैन तर प्राधिकरणमायस्ठो डर बढ्दै गएको छ आर्थिक बर्ष २०७०-७१ मा एक अर्ब ६८ करोड १२ लाख चालु स्टक सम्पति रहेको थियो भने २०७१-७२ मा २ अर्ब २६ करोड ९८ लाख र गतबर्ष बढेर २ अर्ब ३२ करोड ७० लाख रुपैया पुगेको छ ।

प्राधिकरण श्रॊतका अनुसार, सबन्धित् कार्यालय प्रमुखहरु सरुवा र अवकाशका साथै आब सिद्द्दिनी बेलामा अनबश्यक सामान किन्नी बिकृतिसंगै चालु स्टक सामान बढेको हो।