नेपालमा सोमवार बिहानै भूकम्पको धक्का

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

नेपालमा सोमवार बिहानै भूकम्पको कडा धक्का महसुस भएको छ । सोमवार बिहान ५ बजेर २१ मिनेटमा भूकम्पको कडा धक्का महसुस भएको हो ।

काठमाडौं उपत्यकामा करिब चार सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का पछि मानिसहरु आत्तिँदै घर बाहिर खुल्ला चौर र सडकमा निस्किएका छन् ।