मन्त्री अर्जुन नरसिंह केसीलाई घरमै सलामी खाने रहर उर्ले पछि..

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

काठमाडौं । यी हुन छोटे राजा । अहिले प्रचण्ड सरकारमा ज्वाई ससुराको चकचकी छ । ज्वाई स्वास्थ्य मन्त्री छन्,ससुरा सहरी विकास मन्त्री छन् । स्वास्थ्यमन्त्रीको जति काम हुन्छ । नयाँ मन्त्रालय भएका कारण सहरी विकास मन्त्रीको त्यति काम हुँदैन । यो त भए फरक प्रसंग ।

हो,यीनै प्रचण्ड सरकारका सहरी विकास मन्त्रीले आफ्नो काम देखाएका छन् । उनले प्रहरीलाई आफ्नै निवासमा  बोलाए । तीनलाई अगाडि उभाए र आफू रातो  गलौंचा माथि उभिए । प्रहरीको सलामी खाए । सलामी खाने अरु कोही नभएर स्वास्थमन्त्री गगन थापाका ससुरा अर्जुननरसिंह केसी हुन ।

अघिल्लो सरकारमा यस्तै हर्कत देखाएका थिए, खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले । उनले गृहजिल्ला कालिकोटमा सुरक्षाकर्मीलाई अगाडि राखेर सलामी ठोक्न निर्देशन दिएका थिए । सो सँगै ओली सरकारका कालिकोटे मन्त्री चर्काे आलोचनामा परेका थिए ।