लक्षित वर्गको बजेटले सचिवलाई मोटर–साइकिल

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

दोलखा जिल्लाको पिछडिएको गा.वि.स भुषाफेदामा आर्थिक वर्षा ०७३÷०७४ को बजेट गाँउ परिषदले पारित गरेको छ । स्थानीयवासी, बुद्धीजिवी, युवा र नागारिक समाजको प्रतिनिधी बिना ३ राजनितिक दल नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्रको प्रतिनिधीहरुले आफुखुसि पारित गरेको बजेटले नत स्थानीयबासीलाई लाभम्वित गर्न सक्ने खालको आयोजना बनाउन सकेको छ नत गाउको बिकाश गर्ने खालको नै छ ।

गत आर्थिक बर्षको भन्दा झण्डै दोब्बर बृद्धी (३० लाख ६४ हजार) भएर आएको बजेट नेपाल सरकारले तोकीएको लक्षित वर्गलाई समेत वेवास्ता गरि आफु र आफ्नो पार्टी समर्थक आयोजना बनाउदै रकम बिनियोनित गरिएको छ । नेपाल सरकारले लक्षित बर्ग अन्र्तगत अनिवार्य रुपमा कुल बजेटको १०५ रकम महिलाको लागि, १०५ रकम बालबालिको लागि र १५५ रकम जनजाति, दलित, अपांग र जेष्ठ नागरिकको लागि छुट्याउनु पर्ने हुन्छ ।

समाजको पिछाडिएको र असक्षम बर्गको लागि सक्षम र शिक्षित बनाउदै समाजमा पिछाडिएको बर्गलाई समाबेश गरी राज्यको हरेक क्षेत्रमा हरेक नागारिकको सहभागिता जनाउदै देश बिकाश गर्ने उदेश्याले राज्यले लक्षित बर्गलाई बजेट छूट्याउने गरिन्छ तर यस गा.वि.स मा यसरी लक्षित वर्गको लागि छुट्याएको कुल रकमको ३५५ रु १० लाख ६४ हजार रुपैया मध्ये लक्षित वर्गको लागि महिलालाई जम्मा १ लाख, बालबालीको लागि जम्मा ८० हजार रुपैया, अपांगको लागि ५० हजार रुपैया र दलितको लागि ५० हजार रुपैँया विनीयोजित गरि कुल लक्षित बर्गको लागि जम्मा २ लाख ८० हजार रुपैया छुट्याएर सरकारले तोकिएको मापदण्डको बेवास्ता गरी आम सर्वसाधारणको आँखामा छारो हाल्ने काम गर्दै बाँकी लक्षित बर्गको रकमले गा.वि.स. सचिवलाई मोटर–साइकिल खरिद गर्न रु २ लाख ५० हजार रुपैया, त्यसैगरि स्थानिय आफु निकट २ वटा क्लबलाई ५०÷ ५० हजार रुपैया बितरण गरिएको छ भने बाँकी रकम बिभिन्न टुक्रे आयोजनहरुमा छुट्याएकोे छ ।

त्यस्तै बिकाश तर्फको बजेटले स्थानिय बासीको वास्तविक समस्यालाई वेवास्त गर्दै वडा नं २ थगममा निर्माण सम्पन्न भईसकेको खेलमैदान निर्माणको शिर्षकमा ४ लाख ७५ हजार रुपैया छुट्याएको छ भने गत बर्षको भूकम्पले मुहान सुकाएपछि दैनिक खानेपानीको चरम समस्याबाट पिडित वडा नं ४ र ५ को करिब २ सय स्थानियको नयाँ मुहान खानेपानी आयोजनाको लागि जम्मा ५० हजार रुपैँया बजेट बिनियोजित गरिएको छ ।

“५० हजार रुपैयाले त सर्वाेक्षण गर्न पनि पुग्दैन कसरी पानी ल्याउने । यो त जनतालाई थामथूम पारेर सरकारी बजेट बाढेर खाने प्रवृद्धी मात्र हो” खानेपानी समस्याबाट पिडित स्थानिय जीत बाहदुर तामाङले भने । यस्तै युवा अभियानकर्ता युवराज तामाङले थपे “परिषद हुनुपूर्व प्रत्येक वडामा वडा नागारिक मञ्चको बैठक राख्दै आयोजना मागेर नाटक गर्छन तर पारित गर्ने बेलामा कोठामा बसेर आफुखुसी आयोजना पारित गर्छन” बजेट बिनियोजन गर्दा विगतको बर्षहरुमा झै यस बर्ष पनि सर्वाेक्षाण र अध्यनविना नै जथाभावी रुपमा आफुुखुसी बजेट छुट्याउने परम्परालाई यसपाली झनै प्रथामिकता दिएको छ ।

जसले गर्दा बिकाशको मुख्या पूर्वधारको रुपमा लिने सडक निर्माणको लागी पर्याप्त बजेट छुट्याउन सकेको छैन । जनगणत्रात्रितका  अनुसार  भूकम्प पश्चातको पुनःनिर्माणको लागि सामान ढुवानी गर्न प्रत्येक वडमा अत्याआवश्यक रहेको सडकलाई दिर्गाकालीन रुपमा फरकिलो र सधै यातायाता चल्ने खालको योजना लत्याउदै सडक मर्मतको लागि मात्रै बजेट छुट्याएको छ । सडक मर्मत शिर्षकमा ४ वटा सडकमा गरि ५ लाख पचास हजार छूट्एको छ भने चित्र्रे देउराली हुदैै गा.वि.स जोड्ने करिब ८ किलोमिटर नया ट्याक खोल्नको लागि जम्मा ४ लाख ७५ हजार छुट्याएको छ ।

नयाँ सडकको ट्याक खोल्ने शिर्षक राखेर प्रभावशाली व्याक्तिहरुले आफ्नो घरघरमा सडक पुर्याउन ३ ठाउमा गरी ३ लाख ५० हजार रकम छुट्याको छ । स्वास्थ्या को लागि अत्यआवश्याक साधान एम्बुलेन्स खरिदको लागि रकम मागिए पनि प्रशासानिक प्रयोजनको लागि मात्रै जम्मा २ लाख असिहजार छुट््याएको छ । त्यस्तै शिक्षा क्षेत्रको लागि पनि ५ वटा विद्यालयले विद्यालय सुधारको लागि निबेदन दिएकोमा केवल २ वटको लागि मात्रै ३ लाख रुपैया बजेट छुट्याएको देखिन्छ ।

यसरी मनलागि तरिकाले जथाभावी बिनियोजित बजेटले कूनै पनि क्षेत्रको पूर्ण बिकाश हुन नसक्ने कुरा जानकारी गराउदै भुषाफेदा वडा नागरीक मञ्च, सरोकारवाला र युवा वर्गले उक्त कदमको बिरोध गर्दै जिल्ला बिकाशमा ज्ञापनपत्र बुझाएको छ साथै राजनितिको नाममा मुुलूक बिकाशमा सिन्डिकेट गर्ने खालको वातावरण हाटाउन माग गर्दै गाउ बिकाशको लागि स्थानियबासिलाई सम्पुर्ण अधिकार र जिम्मेवारी प्रदान गर्न पनि माग गरेका छन ।