ग्रामीण भेगका महिला हिंसा सहेरै बस्न बाध्य

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १२, २०७३

सीमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लागिन् । जयकुमारीका श्रीमान् अघिल्लो दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओछ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए ।

भोक लाग्यो, जेई ९आमा० भन्दै बालबालिका कराएको प्रस्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बाबुको उठ्ने कुनै छाँटकाँट थिएन । बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्किइन् । अनि छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थालिन् ।

उता जयकुमारीका श्रीमान्को निन्दा खुलेलगत्तै पुनः मदिरा सेवन गरेर खाना बनाउन ढिला गरेको भन्दै श्रीमतीसँग झगडा गर्न थाले । मदिरामा लट्ठिएका रामबहादुरलाई श्रीमती बिहान नुनसँगको रोटी कम्मर बेरेर स्याउला ल्याएर आएको कहाँ थाहा थियो र रु उल्टै खाना ढिलो बनाएको भन्दै झगडा गर्दा जयकुमारी भाग्यलाई सराप्दै रुदै बसिन् ।

त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे । श्रीमती रतिकलाबाट दुई छोरा छन् । रतिकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई, भन्दै श्रीमान्को धम्कीबीच घरमै बसिरहेकी छिन् । उनका श्रीमान्ले रतिकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन् ।

यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश महिला अधिकारका विषयमा जानकारी नै नहुँदा दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नुपर्ने बाध्यता रहेको छ । हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमान्ले नगरिदिँदा कानुनी उपचार खोज्न लड्न निकै समस्या हुनेगरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताए ।

छोराछोरी भइसके किन गर्नुपर्‍यो विवाह दर्ता, घाँस, दाउराको काम गर्ने महिलालाई किन चाहियो नागरिकता भन्ने जस्ता चिन्तनका कारण थप समस्या आएको पञ्चभयार मावि खगेनकोट–७ का शिक्षक वीरबहादुर खत्रीले बताए । आजको गोरखापत्र दैनिकमा खबर छ ।