झरीमै रुझ्दै नेविसंघले माइतीघरमा भन्यो : ‘बिषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन’

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – सरकारविरद्ध चरणवद्ध आन्दोलनमा उत्रेको नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौँमा झरीमा रुझ्दै प्रदर्शन गरेको छ ।

आन्दोलनको पूर्व निर्धारित कार्यतालिका बमोजिम शुक्रवार अविरल वर्षासँगै माइतीघर मण्डलामा भेला भएका संघका नेता, कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गरे ।

झरिको पर्वाह नगरी सरकार विरुद्ध उत्रिएका उनीहरुले ‘बिषादी हामीलाई चाहिँदैन जनता मार्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।