सिहंदरबारको पूर्वी पर्खाल भत्कियो, एकजना घाइते

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – गए रातिदेखिको लगातारको वर्षाका कारण सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एकजना घाइते भएका छन् ।

महानगरिय प्रहरी वृत सिहंदरबारका डिएसपी कौशल बुढाथोकीका अनुसार पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको ५० मिटर जति पर्खाल भत्किएको छ ।

केही समयका लागि पर्खाल भत्किँदा यातायत प्रभावित भएपनि अहिले सबै सहज रुपमा सुचारु अवस्थामा रहेको डिएसपी बुढाथोकीले जानकारी दिएका छन् ।