सञ्चार सेट बोकेर डीएसपी भन्दै ठगी, प्रहरीको पासोमा परे राजेन्द्रप्रसाद

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को डीएसपी भएको बताएर ठगी गर्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी– २ का राजेन्द्रप्रसाद लुइँटेल रहेका छन् ।

उनलाई नागार्जुन नगरपालिका–७, सीतापाइलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चन्द्रागिरी–५ बस्दै आएका लुइँटेलले विभिन्न व्यक्तिलाई डीएसपी भएको बताएर ठगी गरेको प्रहरीको आरोप छ । उनलाई प्रहरीले बार्गेनिङ गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले सार्वजनिक गरेको लुइँटेलको फोटो अगाडि सञ्चार सेट पनि देखिएको छ ।

आफूलाई डीएसपी भएको नाटक गर्न उनले सेट बोक्ने गरेको प्रहरीले जनाएको छ । तर उक्त सेट प्रहरीले प्रयोग गर्ने सञ्चार सेट नरहेको बताइएकोछ ।