झापामा चार्जमा राखिएको मोबाइल चलाउँदा ६ वर्षीय बालकको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार २६, २०७६

http://www.nepatop.com.np/

झापा- झापामा चार्जमा रहेको मोबाइल हातले समाउन खोज्दा करेन्ट लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ । ।

मृत्यु हुनेमा मोरङ रतुवामाई नगरपालिका वडा नम्बर १ घर भई गौरादह ८ स्थित मामाघरमा बस्दै आएका ६ वर्षीय रोशन महतो रहेका छन् ।

महतोको बिहीबार बिहान मोबाइलबाटै करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।