‘अक्षयले मलाई यसरी धोका दिए’

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, चैत्र २०, २०७४

नया दिल्ली-  अक्षय कुमारलाई खिलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् ।

 

उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन । अक्षय कुमार र रविना टण्डनको भेट सन् १९९४ मा आएको फिल्म ‘मोहरा’ मा भएको थियो ।

त्यसपछि सुरु भएको उनीहरुको प्रेम कहानी चर्चामा रह्यो । रविनाले एक अन्तार्वामा भनेकी थिइन्,‘अक्षय र मैले एक मन्दिरमा सुटुक्क इन्जेगमेन्ट गरेका थियौ ।’

 

उनीहरुको ब्रेकअप पश्चात आफ्नो विश्वास नै अक्षयका लागि सबैथोक भएको रविनाले बताएकी थिइन् । त्यही अन्तर्वार्तामार्फत उनीहरुबीच गहिरो प्रेम रहेको समेत पुष्टि भएको थियो । तर, रविनासँग सुटक्क इन्गेजमेन्ट गरेका अक्षयले अरु दुई युवतीसँग पनि इन्गेजमेन्ट गरेको रहस्य बाहिर आएको थियो ।

 

यो रहस्य बाहिर ल्याउने पनि रविना टण्डन नै थिइन् । फिल्म कपुतसम्म उनीहरुको सम्बन्ध रह्यो । तर, त्यसपश्चात अक्षयले ठुलो फैसला लिदै टिवइकल खन्नासँग विवाह गरे भने रविनाले फिल्म डिस्ट्रिव्यटर अनिल थडानीसँग विवाह गरेकी थिइन् ।