बर्दघाटको व्यवसायीक सवार्ङगीण बिकासका लागी मेरो उमेदवारी हो : यम बहादुर क्षेत्री (मिठु)

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ६, २०७६

http://www.nepatop.com.np/

बर्दघाट- बर्दघाट उधोग वाणीज्य सघं नवलपरासीको जेष्ठ १८ गते दोस्रो अधिवेशनको सरगर्मी यतिबेला बढिरहेको छ । बर्दघाटका ब्यवसायीका हकहितका लागी भन्दै बिभिन्न दल विशेष हिसाबले यतिबेला विभिन्न पदमा उमेदवारीको चर्चा चलिरहेको छ ।

यसैबेला बर्दघाट उधोग वाणीज्य संघका संस्थापक उपाध्यक्ष समेत रहेका यम बहादुर क्षेत्री (मिठु) को प्यानल समेत यस सरगर्मीमा होमीएको छ । विभिन्न सामाजीक सघं संस्थाका अनुभव र यस क्षेत्रका ब्यवसायीहरुका रोजाईका उमेदवार यम बहादुर क्षेत्री मिठु सगँ मनिष कुमार अधिकारीले उमेदवारीका विषयमा गरेको कुराकानी ।

तपाईको उमेदवारी अध्यक्षमै खासमा किन ?

स्वभावीक हिसाबले पनि म बर्दघाट उधोग वाणीज्य सघंको संस्थापक उपाध्यक्ष हुँ र त्यो बखतमा हामीले ठुलो चुनौती र कष्ट गर्दै यस बर्दघाट उधोग वाणीज्य सघंलाई यस क्षेत्रमा व्यवासायीहरुको माझ स्थापीत गरेका थियौ । त्यो बेला अझ पहिलो पटक यस क्षेत्रका व्यवसायीहरुलाई यस संस्थाको मर्म बुझाउदै सहकार्य गर्दै यस संस्थालाई यहाँ सम्म ल्याई पुर्याउन मेरो पनि ठुलो योगदान छ र पछिल्लो लामो समय म विभिन्न सामाजीक सघं संस्थाहरुमा अहोरात्र खटिरहेको छु । विशेष गरी बर्दघाट उधोग वाणीय सघंलाई अझै यसका विविध पक्षहरुबाट बलियो बनाउदै अझ नितिगत सुधार गर्दै लैजान र लामो समय विभिन्न व्यवसायीक र सामाजीक सघं संस्थाहरुमा मैले गरेका कामहरुको मेरा अनुभवहरुको संस्थागत गर्नका निम्ती मैले बर्दघाट उधोग वाणीज्य सघंको अध्यक्षमा उमेदवारी गरेको छु र मलाई लाग्छ व्यवसायी साथीहरुले यसलाई सहज रुपमा स्वीकार गर्नुहुन्छ जस्तो मैले महसुस गरेको छु । पछिल्लो समय स्थानिय सरकारको चर्काे करबाट आजीत ब्यवसायीहरुलाई राहतका निम्ती करको उचित मुल्याङकन र सो मुल्याङकन अनुसार करको दायरा तोक्नु पर्ने मान्यता मैले पहिला बाट नै अगाडी सार्दै आईरहेको कार्यन्वयन नभएको स्थीतीमा मेरो नेतृत्वले सो कुराको कार्यन्वयन पहिलो योजनामा राखेको र यसबाट व्यवसायी साथीहरुको राम्रो प्रतिक्रियाका हिसाबले पनि मेरो उमेदवारी अध्यक्षमा रहनेछ ।

तपाईको उमेदवारी अध्यक्ष पदमा दावेदारीलाई बर्दघाटका ब्यवसायीहरुले कसरी लिएका छन् ?

मैले अगाडी पनि जोडे म आफु स्वयम यस संस्थालाई जन्माएर हुर्काएर यहाँ सम्म ल्याई पुर्याउन गरेको योगदान बर्दघाटका व्यवसायीहरुले प्रत्यक्ष देख्नुभएको छ । मेरो उमेदवारी कुनै राजनीतीक हिसाबले आग्रह पुर्वाग्रहका लागी नभई बिहान पसल खोलेर बेलुका बन्द गर्ने ति व्यवसायीहरुको हक हित र अझ कस्ता नितिहरुले सामान्य भन्दा सामान्य व्यवसायीहरुको जिवन स्तर उकास्न सहज हुन्छ त त्यो किसिमको अध्ययन अनुसन्धानका लागी पनि हो । लामो समय सम्मको मेरा सामाजीक कामहरुको अनुभव दक्षता लाई व्यवसायी साथीहरुको हितमा स्थापित गर्ने कुरा मैले व्यवासयी साथीहरुलाई प्रष्ट रुपमा राखेको छु र यसलाई साथीहरुले मलाई काम गर्न दिने अवसर र सहि मान्छे सहि ठाउँमा को रुपमा बुझनु भएको छ । कुनै पनि संस्थाको सवार्ङगीण विकासका लागी निति र नेतृत्वको तालमेल हुन आवश्यक हुन्छ जुन कुरा अहिलेको वर्तमान कार्यसमितिमा देखीएको छैन र हामीले जुन उद्धेश्यका साथमा संस्था स्थापित गरेका थियौ त्यो उद्धेश्यमा नपुग्दै केही व्यक्तिहरुको स्वार्थपुर्तीमा संस्था लागेको हो कि भन्ने धेरै साथीहरुको गुनासो र राजनीतीक हिसाबले अन्य दलका नेतृत्वकर्ता अन्य दलका साथीहरुको सुझाव र यस अघिका कार्य समितिका साथीहरुको सुझावमा समेत म आफैले नेतृत्वका लागी दावेदारी गरेको छु ।

बर्दघाट उधोग वाणीज्य सघंलाई साच्चिकै व्यवसायीहरुकै हितमा र यसलाई राम्रो र हाम्रो संस्था बनाउनका लागी कस्तो योजना छ तपाईको ?

साच्चीकै हजुरलाई भन्दा हामीले स्थापनाको समयमा पनि विभिन्न सुरुवाती कार्यक्रमहरु अगाडी ल्याएका थियौ । उधोग वाणीज्य सघं भनेको निजी क्षेत्रका व्यवसायीहरुको छाता सगंठन हो र यसको आफ्नो दायित्व भनेको निजी क्षेत्रकै व्यवसायीका हकहितका निम्ती आफ्ना कदम चाल्नु यस संस्थाको दायित्व हो । यस अघिका यसका नेतृत्व चयनका प्रक्रियाहरु यसका काम कारबाहीका प्रक्रियाहरु अब पनि सधै उहि ढङगले उहि तवरले लागु हुदै जाने होईनन हामी समयअनुकुल परिवर्तीत हुदै जानु पर्ने हुन्छ । बर्दघाटको हरेक सर्वाङगीण विकासको लागी बर्दघाट उधोग वाणीज्य सघंले भुमिका खेल्नुपर्ने थियो तर त्यो भएन र यथास्थीतीवादमै चलिरहयो । मुलुक सघिंयताको कार्यन्वयनमा गईसकेको छ तिन तहका सरकार छन सरकारहरुले आफ्ना काम गर्छन र अब बर्दघाट उधोग वाणीज्य सघं खाली सरकारले ल्याउने विकासका कार्यक्रमहरुमा साझेदारी गर्ने , सरकारको काममा होस्तेमा हइसे गनर्,े कतीपय काममा ढिला सुस्ती भए खबरदारी गर्ने मात्र होईन यसको अलवा अब बर्दघाट उधोग वाणीज्य सघं भनेको विकास निर्माणमा होईन व्यवसायीहरुलाई नै कसरी आत्मनिर्भर बनाउन सकिन्छ ,यहाँ उधोग व्यवसायको प्रबद्धन कसरी गर्न सकिन्छ , यहाँ बढि भन्दा बढि रोजगारी कसरी सृजना गर्न सकिन्छ , विदेश पलायन हुने युवाहरुलाई हामीले यहाँ कसरी रोक्न सकिन्छ , सुचना र प्रबिधिको अधिकतम उपयोग गर्दै कसरी यस क्षेत्रलाई प्राविधिक र व्यवसायीहरुलाई प्रबिधि मैत्री बनाउन सकिन्छ भन्ने विषयका नितिगत तथा ब्यवहारीक पाटोका उद्धेश्यहरु योजनाहरु मेरो उमेदवारी पछाडी छन । यस क्षेत्रका बिभिन्न खाली जग्गाहरुको उचित व्यवस्थापन गर्दै गिन्र पार्क बिश्राम स्थल , व्यवसायीहरुको अध्ययनका लागी सा्रेत केन्द्र , सिमसार व्यवस्थापन , पर्यटकीय स्थलको खोजी संर्वद्धन प्रबद्धन गर्ने योजना मेरो छ । र समयअनुकुल प्राविधिक बिकास सगँै व्यवसायीहरुले पसल उधोगबाटै बसेर करका कुरा अन्य जानकारीहरुको लागी मोबाईल बाट नै मिल्ने गरी समयको बचतका लागी सो किसिमको सफटवेयरको निर्माण गर्ने मैले योजना गरेको छु ।

यि योजनाहरु लाई कार्यन्वयन गर्ने अवसर बर्दघाट उधोग वाणीज्य सघंमा आवद्ध साथीहरुले मलाई दिएमा बर्दघाट उधोग वाणीज्य सघं हाम्रो पनि राम्रो पनि बन्ने छ । काहीकतै तपाईको उमेदवारी लाई राजनीतीक हिसाबले जोडेको पाईन्छ नी ?

बजारमा कहीँ कतै मेरो उमेदवारी बाट विचलीत भएका व्यक्तित्वहरुबाट राजनीतीक लाल्छना चलेको सुनेको छु र आम उधोगी व्यवसायी मित्रहरुलाई म के भन्न चाहान्छु भने अहिले यो मुलुकमा भएका हामी नागरीकहरु वैचारीक धारको आधारमा कहिँ न कहिँ आस्था राख्छौ तर यो भनेको विशुद्ध व्यवसायीक हकहितको संस्था हो र यसलाई राजनीतीक पुवाग्रहको हिसाबले हेर्नु भन्दा पनि यस अघिका अन्य सघं संस्थामा गरेका काम कारबाहीको शैली , इमान्दारीताका हिसाबले हेर्नु पर्ने हुन्छ ।