निरुता सिंह भन्छिन्ः ‘उमेर बित्न लाग्यो, लौन एउटा राम्रो ज्याई खोजिदिनुस् न प्लिज’

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन १०, २०७५

काठमाडौँ – राम्रो अभिनय गर्ने अभिनेत्रीका रूपमा स्थापित निरुता सिंह झन्डै आठ वर्षको विश्रामपछि पुनः अभिनयमा फर्किएकी छन्। आजको साप्ताहिकमा खबर छापिएको छ ।

सिंगलबाट मिंगल हुने बेला भएन र ?

बेला नभएको कहाँ हो र, उल्टो बित्न पो लाग्यो त।

अनि विवाहका लागि किन ढिलाइ त ?

लौन, एउटा राम्रो ज्वाइँ खोजिदिनुस् न, मत विवाहका लागि तयारै छु, भनेजस्तो वर नभेटेर पो।

कस्तो वर खोज्नुभएको हो ?

म र मेरो कर्मलाई बुझ्ने, मलाई माया गर्ने, समझदार। धन–सम्पत्तिभन्दा मन ठूलो भएको व्यक्ति खोजको, अहिलेसम्म फेला पार्न सकिएको छैन।

अबको योजना के छ ?

केही दिनपछि पुनः मुम्बई फर्किनेछु। बुबाको मुटुमा समस्या भएकाले उहाँ उपचारमै हुनुहुन्छ। उहाँकै हेरचाहमा सक्रिय हुनेछु। काठमाडौंमा राम्रो प्रोजेक्ट पाएँ भने पुनः यता आएर काम गर्नेछु।