महिनावारी हुदा पेट वा ढाड दुख्यो ? यसो गर्नुस

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ ।

तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

बच्ने उपाय-

–पेट दुख्ने विभिन्न समस्या भएकाले पहिले त के कारण हो पत्ता लगाउनुपर्छ । पेट तथा जननेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउण्ड, ल्याप्रोस्कोपी परीक्षणबाट कारण पत्ता लगाउन सकिन्छ । पत्ता नलागेसम्म जथावाभी औषधि प्रयोग गर्नुहुन्न ।

– तल्लो पेटको कडा मांसपेसी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ । तातो पानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्दा पनि केही हदसम्म राहत मिल्छ ।

– अदुवा पानी तताएर खाँदा दुखाई कम हुन्छ । सकेसम्म साथीहरुसँग घुम्ने, कुरा सेयर गर्ने  अनि आराम गर्ने गर्नाले पनि हलुका महसुस हुन्छ ।यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।