पूर्वसांसदको जीन्दगी यसरी बर्बाद बनायो मेडिसिटीले, अस्पतालका मालिक र डाक्टरहरूको भागाभाग

मिडिया डबली प्रकाशित : आइतवार, चैत्र २४, २०७५

http://www.nepatop.com.np/

काठमाडौं – पटक–पटक विवादमा पर्दै आइरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पताको अर्को ठूलो काण्ड बाहिरिएको छ । अस्पतालले पूर्वसांसद गायत्री साहमाथि अन्याय गरेको छ ।

मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीले ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको छ । मेडिसिटी अस्पताल र डा.श्रेष्ठको लापरबाहीले ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएपछि साह र उनका पति राजेश महतो तथा आफन्तले अस्पतालमा धर्ना दिएका छन् ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको लगानी रहेको मेडिसिटी अस्पताल र त्यसका चिकित्सकहरूले बेलाबेला गलत उपचार गरेकै कारण विवादमा पर्ने गरेको हो

। यसअघि पनि यो अस्पताल पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पनि गलत उपचार गरेपछि विवादमा तानिएको थियो । अधिकारीलाई मेडिसिटीबाट निकालेर आफन्तले ह्याम्स अस्पतालमा लगेर उपचार गराएका थिए । त्यस बेलासम्म अधिकारीको उपचारमा धेरै ढिलाइ भइसकेको थियो ।

अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन सिन्ड्रम’ भएको जन्मिएको पूर्व सांसद साहका पति राजेश महतोले दाबी गरेका छन् । उनले मेडिसिटी अस्पताल र डा.श्रेष्ठले आमा र बच्चाको स्वास्थ्यमा खेलबाड गरेको आरोप लगाए ।

पूर्वसासद साहले फागुन २८ गते मेडिसिटी अस्पतालमा क्रिटिकल ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्माएकी थिइन् । मेडिसिटीकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.श्रेष्ठको असावधानीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको राजेश महतोको आरोप छ । पूर्वसांसद साहको गर्भ बसेपछि महतोले पत्नीलाई मेडिसिटी अस्पताललमा डा.श्रेष्ठसँग नियमित चेकजाँच गराउँदै आएका थिए ।

‘डाउन सिन्ड्रम’ भएको बच्चाको शारीरिक अवस्था अन्य बच्चाको जस्तो सामान्य हुँदैन । शरीरका अंगहरूको स्वभाविक विकास नहुने भएकाले यस्तो बच्चाले समान्य बच्चा जस्तै काम गर्न सक्दैन ।

‘डाउन सिन्ड्रम’ भएका बच्चालाई नियमित उपचारका लागि अस्पताल लगिरहनुपर्छ । चिकित्सकहरूका अनुसार क्रिटिकल ‘डाउन सिन्ड्रम’ भनेको बिकलाङ्ग जस्तै हो । बच्चाको उमेर अनुसारको वृद्घि विकास हुँदैन । समयअनुसार बच्चाको उचाइँ र तौलमा विकास हुँदैन ।

मेडिसिटी अस्पतालले पूर्वसांसद साहसँग करीव ६–७ लाख असुली सकेको छ । पूर्वसांसद साहका पति राजेश महताले भने, ‘पैसा खर्च भएकोमा हामीलाई चिन्ता छैन । तर, अस्पतालले धोका थियो । हामी त बर्बाद भयौँ ।’

गर्भवती जाँचका क्रममा मेडिसिटीले मोटो रकम कुम्ल्याए पनि गर्भभित्र रहेको बच्चामा ‘डाउन सिन्ड्रम’ भएकोमा डा.श्रेष्ठले कुनै ज्ञान नराखेको आरोप राजेश महतोको छ ।

राजेश महतोले भने, ‘बच्चा जन्मेपछि अब्जर्भेसनमा राख्नुपर्छ भन्दै सघन उपचार कक्षमा राखियो । पछि मात्र हामीलाई बच्चाको अवस्थाबारे जानकारी दिइयो ।’ उनले गर्भवती जाँच र दुई तीन पटक भिडियो एक्सरे गर्दा समेत डा.श्रेष्ठले गर्भमा रहेको बच्चा नर्मल रहेको जानकारी बताए ।

मेडिसिटीले अहिले ‘डाउन सिन्ड्रम’ भएको बच्चालाई डिस्चार्ज गरेर लैजाउ भन्दै आमा र बुबालाई दवाव दिइरहेको छ । शिशुका बुबा राजेश महतोले बिकलाङ्ग बच्चाको लालन पोषण कसरी गर्ने ? हेरचाह र उपचारमा समस्या हुने भन्दै चिन्ता जनाएका छन् ।

डा.श्रेष्ठले ‘डाउन सिन्ड्रम’को रुटिन टेष्ट गर्ने प्रोटकल र सुविधा नेपालमा नरहेको भन्दै पन्छिन खोजेकी छिन् । उनले भिडियो एक्सरेबाट मात्रै ‘डाउन सिन्ड्रम’ भएको पत्ता लाग्न नसक्ने बताइन् ।

नेपाल मेडिसिटी हस्पिटलका महाप्रवन्धक विजय रिमालले ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मनुमा आफ्नो अस्पतालको कुनै गल्ती नभएको भन्दै अनावश्यक बखेडा झिक्न खोजेको बताए । ‘उहाँहरूले पहिला बाहिरको अस्पताल र क्लिनिकमा चेकजाँच गाएर मेडिसिटीमा आउनु भएको हो’, रिमालले भने, ‘बाहिरको कुरा हामीलाई कसरी थाहा हुन्छ ।’

मेडिसिटीका प्रशासन प्रमुख पंकज बास्कोटाले आफूलाई यसबारेमा कुनै जानकारी नरहेको बताए । पूर्वसांसद साहका पति राजेश महतोले ‘डाउन सिन्ड्रम’ बच्चा जन्मिएपछि मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोसँग कुराकानी गर्दा आफूहरूलाई हेपेर बोलेको आरोप लगाए ।

‘उपेन्द्र महतोले पहिला त हामीसँग भेट्नै मान्नु भएन’, पीडित राजेश महतोले भने, ‘हामीले पछि भेट्दा चिकित्सकको लापरबाहीले यस्तो घटना भयो । अस्पतालको दोष छैन । जे मन लाग्छ तपाईहरू गर्नुस् भनेर जवाफ दिनुभयो ।’ उपेन्द्र महताको रुखो व्यवहारबाट पीडितहरूको चित्त दुःखेको छ ।

देशकै उत्कृष्ट र सुविधा सम्पन्न अस्पताल दाबी गर्दै आएको नेपाल मेडिसिटी अस्पतालको एकपछि अर्को काण्डहरू बाहिरिन थालेपछि धेरैको मनमा चिसो पसेको छ । मेडिसिटी अस्पतालका यस्ता काण्डहरू पटक पटक दोहोरिँदा पनि सरोकारवाला सरकारी निकायले ध्यान दिएको छैन । पीडित राजेश महतोले भने, ‘हामी ठूलो पीडामा परेका छौँ । हामीलाई कसले न्याय दिन्छ ? कहाँ उजुरी गर्न जाऔँ ?’

वरिष्ठ स्त्री तथा प्रसूति चिकित्सक डा.श्रेष्ठले काठमाडौंको मध्य वानेश्वरमा नेपाल हेल्थ क्लिनिक सञ्चालन गर्दै आएकी छिन् । पूर्वसांसद साहले शुरुमा डा.श्रेष्ठकै क्लिनिकमा स्वास्थ्य जाँच गराएकी थिइन् । डा.श्रेष्ठकै सल्लाहमा पूर्वसांसद सुत्केरी हुन मेडिसिटी अस्पतालमा भर्ना भएको उनको पति राजेश महतोले जानकारी दिए ।

यसैबीच मेडिसिटी अस्पतालकी सञ्चार संयोजक मनिता पोखरेलले पत्रकारहरूलाई फोन गरेर तर्साउन खोजेकी छिन् । रिपब्लिका दैनिक डटकममा फोन गरेर पोखरेलले ‘तपाई को हो ? मेरो मोबाइलमा नम्बर रहेछ’ भन्ने जस्ता प्रश्न गर्दै इन्क्वाइरी गरेकी छिन् । उनले अप्रत्यक्ष रुपमा समचार रोक्ने दवाव दिने प्रयास गरेकी छिन् ।

मेडिसिटीको यस्तो थुप्रै काण्डहरू दवाएर लुकाइएको धेरै पीडितहरूको आरोप छ । एकजना बिरामीको शल्यक्रिया गर्दा एकातिर गर्नुपर्ने अर्कैतिर गरेको गुनासो आइसकेको छ ।