ओली अधिनायकवादको रिजल्ट : विप्लवमाथि प्रतिबन्ध, मेरो सरकार र प्रचण्डको जंगलयात्रा

मिडिया डबली प्रकाशित : सोमवार, बैशाख २३, २०७६

http://www.nepatop.com.np/

दस वर्षे सशस्‍त्र द्‍वन्द्‍वलाई शान्ति प्रक्रियामार्फत टुंग्याएर मुलुकलाई एक नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले अघि बढेका तत्कालिन नेकपा माओवादीका सु्प्रिमो ‘कमरेड’ पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेृतृत्वको नेकपाका अर्का अध्यक्ष बनेका छन् । २०५२ सालदेखि २०७६ सालसम्म आइपुग्दा थुप्रै चोटहरु सहेर, अथाह संघर्ष पहाड छिचोल्दै उनले सिंहदरबारको यात्रा तय गरेका हुन् ।

मुलुकमा जनचेतना जगाउन र समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्य घोषणा गर्नुमा प्रचण्डको अह्‍म भूमिका छ । यी कुराहरुमा कति ठाउँमा उनी आफैं वैचारिक र सैद्धान्तिक तवरमा स्खलित भएका छन् भने कतिपय विषय तथा मुद्दाहरुमा उनको अडान र समझदारी गराउनसक्ने खबीका कारण उनले जितसमेत हात पारेका छन् । जब प्रचण्डहरु जंगलबाट सहर पसिसकेपछि र नेपाली कांग्रेसको नेतृत्वमा सात दलद्‍वारा सडक आन्दोलनको घोषणा गरेको थियो । राजाले उक्त आन्दोलन दबाउन हरसम्भव प्रयास गर्‍यो । कति टाउका फुटे, कति जेल गए भने कतिले ज्यान गमाए दोस्रो जनआन्दोलन ०६२/०६२ मा । तर, संघीय राज्यका प्रथम प्रधानमन्त्री केपी शर्मा ओली त्यो समय बालकोटमा बसेर ‘बयलगाडा चढेर अमेरिका जाने सपना देखेको’ भन्दै जनआन्दोलनको नै खिल्ली उडाउँदै थिए ।

समयसँगै जनताको साथमा जनआन्दोलन दुई सफल भयो । कांग्रेसको नेतृत्व र प्रचण्डको उदारताले गर्दा संविधान जारी भयो । जसमा तत्कालिन नेकपा एमालेको पनि महत्वपूर्ण भूमिका छ । संविधान कार्यान्वयनका लागि तीनै चरणको सफल निर्वाचन भयो र तत्कालिन नेकपा एमाले सबभन्दा ठूलो दल बन्‍यो । एमालेसँग गठबन्धन र एकताको चर्चाले माओवादी दोस्रो दल बन्यो भने कांग्रेसले तेस्रोमा चित्त बुझाउनु पर्‍यो । फागुन ३ गते प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा सरकार बन्यो, जेठमा तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता घोषणा भयो ।

यहाँसम्म प्रधानमन्त्री ओलीकव गतिविधि र प्रचण्डको बोलीको तालमेल निकै मिलेको थियो । तर, विस्तारै ओलीले व्यवहार फेर्दै गएपछि प्रचण्डले बोली फेर्दै गए । आइतबार कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले आफूँ फेरि जंगल जान तयार रहेको र महाविवादको स्थिति सामना गर्न तयार रहेको बताए । यसले नेपाली राजनीतिक वृतमा नयाँ तरंग सिर्जना गरेको छ ।

यसअघि पनि प्रचण्डले उनको गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा आफूलाई जंगल जान बाध्य पार्ने स्थिति कसैले सिर्जना नगर्न आग्रह गरेका थिए । त्यतीखेर प्रधानमन्त्री ओली र प्रचण्डबीचको सम्बन्ध चिसिएको थियो । भेनेजुएला प्रकरणले त लगभग बोलचालकै स्थितिमासमेत केही ब्रेक लगाएको थियो । तर, प्रधानमन्त्री ओलीको चातुर्यमा फेरि सम्बन्ध सुध्रिएको थियो ।

विप्लवमाथिको प्रतिबन्ध पनि प्रचण्डलाई त्यति चित्त बुझेको छैन । उनले विप्लवलाई वार्ताका माध्यमबाट राजनीतिक मुलधारमा ल्याउन पहल गरिरहेकै थिए । तर, प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापाबादललाई दबाब दिएर विप्लवमाथि प्रतिबन्धको घोषणा गरे । विखण्डकारी समूह भनेर चिनिएकफ सीके राउत समूहसँगको सम्झौतामा पनि प्रचण्डलाई अन्तिम चरणमा मात्रै जानकारी गराइएको थियो ।

सीके राउतलाई राजनीतिक सहमति गरेर मुलधारमा ल्याउन हुने तर विप्लवलाई किन नहुने भन्दै प्रचण्डले ओलीसँग तर्कसमेत गरेका थिए । तर, पेलेरै जाने ओलीको रणनीतिमा प्रचण्डको केही सिप चलेन र उनी मौन बस्‍न र ओलीलाई समर्थन गर्न बाध्य भए ।

२० वैशाख २०७६ मा आगामी आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रमको घोषणा कार्यक्रममा राष्ट्रपतिले नीति तथा कार्यक्रमको लिखितप्रति वाचन गर्दा संसदमा उपस्थित प्रचण्ड ट्‍वाँ परे । उनले पढेको नीति तथा कार्यक्रमको अन्तिम ड्राफ्टमा ‘मेरो सरकार’ नभएको तर संसदमा वाचनको गरिएको प्रतिमा ‘मेरो सरकार’ घुसाइएकोमा उनी आफैं अचम्ममा परे । यसमा प्रधानमन्त्री ओलीकै संलग्नता भएकोमा उनी ढुक्क भए ।

यी सबै घटनाको गठजोडको प्रतिक्रिया स्वरुप प्रचण्डले जंगल यात्राको अभिव्यक्ति दिएका थिए । एउटै पार्टीको अर्को अध्यक्षले तानाशाही शैलीमा अघि बढीरहँदा तानाशाह र अधिनायकवादकाविरुद्ध बन्दुक बोकेर जंगल बसेका प्रचण्ड सहन नसकेर जंगल यात्रा इच्छ्याएका हुन् । उनले आइतबार पार्टी एकताका विषयमा भनेका थिए, “अनावश्‍यक तवरमा एकता लम्बिँदा बेकार गरिएछ भन्‍ने जस्तो पनि लाग्यो ।” उनको यो अभिव्यक्तिमा पनि ओलीको एकल निर्णयप्रतिको प्रचण्ड कुण्ठा झल्किन्थ्यो ।

उनले कम्युनिस्टलाई जनताको र सज्‍जनको पार्टी बनाउन चाहे पनि त्यसो हुन नसकेकोमा पश्चाताप समेत गरे। अहिलेको भ्रष्टाचार श्रृंखलाहरुमा पूर्वएमालेकै नेताहरु संलग्‍नताले उनी वाक्‍क भइसकेका छन् । यी सबै कुराहरुको सामूहिक प्रतिक्रियास्वरुप प्रचण्ड जंगल यात्रा नै ठिक हो कि भन्‍ने लागेको हो ।

यस विषयमा संसदमा प्रतिनितित्व गर्न राजनीतिक दलहरु फेरि एकपटक गम्भीर हुन आवश्‍यक छ । अहिलेका प्रधानमन्त्री ओलीको राष्ट्रिय राजनीतिको परिवर्तनमा खासै ठूलो हात छैन । एकाएक राजनीतिक उचाईमा पुगेका प्रधानम्त्रीको अधिनायकवादको मोहका कारण राज्य फेरि अस्थिरतामा जाने त होइन भन्‍ने शंका पैदा गरेको छ ।

आइतबारको संसद बैठकमा बोल्ने केही सांसदहरुले नेकपाभित्रैबाट प्रधानमन्त्रीको विकल्प खोज्‍नुपर्ने तर्क गरेका थिए । शनिबारको नेकपाको संसदीय दलको बैठकमा पनि विशेषत : पूर्वमाओवादीसहित एमालेका सांसदहरुले ओली गलत बाटो गइरहेकोले सोच्‍नपर्ने बेला भएको बताएका थिए ।

संघीयता विरोधी व्यक्ति संघीय राज्यको प्रधानमन्त्री भएको र तानाशाहलाई ब्यूँताउन उद्धत भएकोले जनताले सजग र सचेतापूर्वक सरकारलाई सही बाटोमा हिडाउन सामूहिक पहल गर्नुपर्ने बेला भएको छ ।