किन गर्छन् श्रष्टाले सिर्जना ?

केशव सापकोटा ‘भाञ्जा’ प्रकाशित : बिहिबार, बैशाख ५, २०७६

http://www.nepatop.com.np/

केशव सापकोटा ‘भाञ्जा’

काठमाडौँ- प्रवीण गुरुङ सडक दुर्घटनामा परेर अकालमा मरे । मार्ने मान्छेको चिनारी पनि भयो । कसले मा¥यो भन्ने सबैले थाहा पनि पाए । तर, कोही पनि बोल्न सकेनन् । कहाँ थिए संगीतकर्मी ? कहाँ थिए संगीतकर्मीका संघ संस्था ? कोइलीको आवाजसँग तुलना गरेर कोइलीदेवी नाम राखिएकी गायिका कोइलीदेवी मर्दा आर्यघाटमा शव जलाउन दाउराको अभाब किन भयो ? कहाँ थिए संगीतकर्मी ? कहाँ थिए संगीतकर्मीका संघ संस्था ? वरिष्ठ गायक तथा संगीतकार स्वर्गीय राम थापा मर्नु अगाडि पत्रकारहरूसंग किन भने ‘संगीत बाहेकको अर्को पेशामा लागेको भए मेरो जीवनले सुःख पाउने रहेछ ।’

झलकमान गन्धर्वले मर्ने बेलामा के भने होलान् ? विदेशीहरूले समेत जानी नजानी गाउने र नाच्ने गीत रेशम फिरिरीका गायक तथा लय सङ्कलक बुद्धिबहादुर परियारलाई विदेशीले सम्झे या सम्झेनन् नेपालीले कसले सम्झोर ?

अब धेरै कुरा गर्न चाहान्न । हिजोराति सपनीमा मेरो अत्यन्तै आत्मीय मामा लोकप्रिय गीतकार, लोकप्रिय संचारकर्मी स्व.सूर्यकुमार क्षेत्रीलाई देखे । उहाँले मलाई जीवित रहँदा दिएका ४ गुरुमन्त्र सम्झाउँदै हुनुहुन्थ्यो ।

१. भाञ्जा बनेका मान्छेले कहिलै आडम्बर देखाउँदैनन्, आडम्बर देखाउने मान्छे कहिलै बनेका हुँदैनन् ।

२. भाञ्जा संसारमा कसैको आडम्बर चल्ने वाला छैन, टुक्रे तपाईलाई भन्थे नि टुक्रे मान्छे जति बेला पनि फुक्रे बन्न सक्छ ।

३ भाञ्जा आज तपाई कुनै पनि मजबुत हिसाबमा हुनुहुन्न होला । तर याद राख्नुहोस् समय गतिशील र परिवर्तनशील छ । गरेको काममा दत्तचित्त भएर गर्नुहोस् तपाईको दिन पनि अवश्य आउनेछ ।

४. धोका दिनेसंग बच्नुस् भाञ्जा, बरु तपाइँ आफै मर्नुस्, गीत संगीतका मान्छेलाई कहिलै नमार्नुस् भाञ्जा । यतिभन्दा भन्दै पनि तपाइँले गीत संगीतका मान्छेलाई मार्नु भयो भने म त के नै भन्न सक्छु र ? मात्र महिले नै लेखेको गीत भन्छु ‘धोका दिनेलाई के भनौ र खोइ’ यति हुँदाहुँदै म भने सपनीबाट झल्यास्स बिउँझिए…

अनि निन्द्रै लागेन, मेरा मानसपटलमा अनेक कुरा खेल्न थाले । सोँचे मामाले भनेको कुरा विपरित त हैन । फेरि सोँचे गलत हुँदैहैन । अनि मामाको गीत ‘धोका दिनेलाई के भनौँ र खोइ’ सम्झेर फेरि गीत गाए ‘धोका दिनेलाई के भनौ र खोइ मामा तपाई बितेर जानु भो के बस्यौं र रोइ ?’ फेरि सोँचे मामा गीतसंगीतमा तपाईले देखेको भोगेको चटक हैन । अहिले त नेपाली गीतसंगीतमा महा चटक चल्दै छ ।

म पनि देख्दै छु सिर्जना गर्न मन नै लाग्दैन । मामा घट्टेकुलोमा भेट्दा तपाईको मेरो बोली सुन्दा राम्रो छ है । भन्ने तपाईको भौतिक मुख आज मसंग छैन । तपाईले सम्झाउँनु हुन्थ्यो भाञ्जा अझै राम्रो गीत बनाउनुपर्छ त्यो आशीर्वाद पनि छैन । मसंग मामा । तपाई र म पुतलीसडकमा पहिलो पटक भेट हुँदा बुद्धिराम शर्माको भाञ्जा भनेर तपाईलाई मैले मेरो परिचय गराए । मैले सोँचे मेरो मामासंग काम गरेको हिसाबले गीत संगीतमा समर्थन पाउँछु जस्तो मलाई लाग्यो ।

तुरुन्तै तपाईले अंकमाल गर्दै आजकै मितिदेखि भाञ्जाको नाता लगाउँदै म केही गर्छु भन्नुभयो । म खुसीले गद्गद् थिए । फेरि सोध्नुभयो के गर्नु हुन्छ भाञ्जा ? मैले निर्धक्कसंग भने पढ्दै छु अलिअलि गीतसंगीतमा पनि । मामाले फेरि सोध्नुभयो कहाँ के पड्दै हुनुहुन्छ भान्जा ? मैले जवाफ दिए आरआरमा ब्याचलर गर्दै छु । फेरि प्रश्न आयो विषय नि ? मैले भने MAZOR ENGLISH र JOURNALISM मामा। मामा झन् धेरै खुशी हुनु भयो ।

फेरि प्रसंग आयो गीतसंगीतको ? मामाले सोध्नुभयो गीत गर्न शुरू गर्नुभएको छ कि छैन ? मेरो जवाफ गरिसके मामा । त्यो बेलाको कुरा अहिले पनि याद छ । तपाईले गीतसंगीतमा राम्रो प्रतिभा देखाउनु, गीतसंगीतमा नयाँ पुस्ताको खाँचो छ । त्यसपछि मामासंगको उठबस करीव ८ वर्ष नै चल्यो । उहाँसंग गीत संगीतमा कुनै पनि सहकार्य भएन । मसंग उहाँलाई फाइदा थियो न घाटा । तर, प्रत्येक भेटमा सम्झाउँनु हुन्थ्यो भाञ्जा गीतसंगीत नछाड्नुस् है ।

यहाँ धेरै संगीतका माफियाहरू छन् । यिनीहरूलाई सफाइ गराउर्नुपर्छ । खै यत्रो गीत लेखे कलाकारले पाउनुपर्ने सुबिधा के पाएर मैले ? सायद मरेर जाँदा एकदिन साथीभाई शुभचिन्तकहरू रोलान् या नारोलान् । आर्यघाटमा आउलान् या नआउलान् । संगीतमा आजको बेथिति, विसंगती देख्दा मलाई फेरि रुन मन लाग्यो । मामा आज महिले जे जति बुझिरहेको छु । तपाईलाई नढाटेर कुरा गर्दा कसैलाई पनि संगीतिक क्षेत्रमा कुनै अफ्ठ्यारो पारेको छैन । तपाई जस्तै सङ्गीतका विकृतिका बारेमा सकेको आवाज उठाइरहेकै छु ।

बरु असहज भए आफैले यो पेशा छाड्नेछु । अरुलाई असहज पार्नेछैन । तपाईको चेलो त हैन तर, संगीतमा गुरु मान्छु । तपाईले हिँड्न सिकाएको बाटोमा हिँड्न भने छाड्ने छैन ।

तपाई स्वर्गमा भएपनि मैले हजुरलाई भने कहिलै बिर्सन सकिन मामा । तपाईको आडमा बसेर शान देखाउने मान्छे मेरै आँखा अगाडि छन् । ती को हुन् ? तेतापट्टि लाग्दिन मामा । मामा त्यस्तापनि मान्छे भेटे तपाईसंग प्रत्येक दिन चिया नखाई नहुने । तपाई उज्यालो नेटवर्कमा हुँदा दिउँसो तपाईको व्यक्तित्वलाई अध्यारो बनाउने व्यक्ति आज मेरो आँखा अगाडि नै छन् ।

निरन्तर गीतसंगीत सिर्जनामा माथिका सम्माननीय सर्जकको हैसियतमा म कहिलै पुग्दैनथे । समकालीक संगीत बजारमा देशको भन्दा राजनीतिक चर्को हुँदो रैछ । गीतसंगीतमा पनि राजनीतिक सुत्रहरू नै चल्दा रैछन् ।

अनायासै गीतसंगीतमा पैसाको खोलो बगाउने होड बाजी चल्दो रैछ मामा । मसंग त के छ र मामा । म संगीतमा राजनीतिक के गर्न सक्थे र मामा । मामा गीतसंगीतमा मलाई त आजभोलि वाक्कदिक्क लाग्न थालेको छ । केका लागि गीत सिर्जना गरौँ ?

कसका लागि गीत सिर्जना गरौँ । एउटा गीत श्रोतादर्शकसम्म पु¥याउँदा लागेको खर्च र समयको बदलामा महिले के पाउँछु र मामा ? सानो राजनीतिमा अल्झिएर विदेशमा बसेर कमाएको पसिनाको मूल्यले यो गीतसंगीत कति दिन धान्ला र मामा ? त्यसैले होला मलाई आजभोलि गीतसंगीत सिर्जना गर्न नै मन लाग्न छाडिसक्यो अलबिदा मामा । अलबिदा मामा…।

केशब सापकोटा ‘भाञ्जा’