६ दर्जन मोडल सहित हायतको -याम्पमा अभिनेत्री स्वस्तीमा, अशिस्मा र मलिना (फोटो फिचर)

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, पुस १०, २०७४

काठमाडौँ । राजधानीको चावहिलमा रहेको हायत रिजेन्सी होटल शुक्रबार राती फेसनले झकिझकाउ भयो । एकपछि अर्काे सिक्वेन्समा मोडलहरु -याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमान्चित देखिए ।

राजधानीका उत्कृष्ट र व्यवसायी ६ दजर्न मोडलहरुले -याम्प नापेको फेसन शोमा १३ विभिन्न सिक्वेन्समा तयार पारिएका फेसन प्रदर्शन गरिएको थियो । लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे ।

आइइसी कलेज अफ फेसन एण्ड आर्ट आयोजक रहेको ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ नामक फेसन शोको सम्पुर्ण इभेन्ट म्यानेजमेन्ट जिम्मा नेक्स्ट मोडल्स नेपालले लिएको थियो । करिब ३ घन्टा चलेको फेसन शोमा आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्यायनरत २०१७ मा पास आउट ५१ विद्यार्थीले तयार पारेका विभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन गरिएको थियो ।

पुर्व मिस नेपाल समेत रहेकी मोडल माल्भिका सुब्बाले संचालन गरेको फेसन शोमा अभिनेत्री स्वतीमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशी लगायत सो टपरको रुपमा रहेका थिए भने विशेष प्रस्तुतिमा विद्यार्थीले अध्ययनको क्रममा तयार पारेका आकर्षक पहिरन प्रदर्शन र प्रवन्धनको उदेश्यले फेसन शो आयोजना गरिएको कलेजकी प्रवन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

फेसन शोका लागि राजधानीमा एक भव्य अडिसन गरेर नेक्स्ट मोडल्स नेपालले मोडलहरु छानेको थियो । नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमला, कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, दीपक शर्मालगायत निर्णायक रहेको अडिसनमा १५० नयाँ तथा पुराना मोडल सहभागी थिए ।

मोडलहरुलाई अन्तराष्ट्रिय कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रशिक्षण सहित -याम्पमा उतारेका थिए । विभिन्न फेसनको प्रचार एवम् मोडलिङ क्षेत्रको प्रबद्र्धन र व्यवसायिकताका लागि यस्ता इभेन्ट लाभदायक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए । कार्यक्रममा सहभागी अधिकांश दर्शकले ‘आइईसी डिजाइनस् रनवे सेसन ७’ बर्षकै उत्कृष्ट फेसन शो भएको चर्चा गरेका थिए ।