तीज गीत ‘धुलो जमिन’ भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २१, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – यसवर्षको तीज पर्व क्रमश नजिकिँदैछ । युट्युबमा दिनहूँ तीज गीतका भिडियो सार्वजनिक हुन थालेका छन् । जसले तीज पर्व नजिकिएको आभाष हुन थालेको छ ।

यसैक्रममा शुक्रबार ‘धुलो जमिन’बोलको तीज गीत सार्वजनिक गरिएको छ । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्मसको ब्यानरमा तयार गरिएको उक्त गित छोटो समयमानै चर्चा बटुल्न सफल भएको छ ।

चर्चित गायक बिष्णु बराल र गायिका बिष्णु शेर्पालीको स्वर रहेको गीतमा वासुदेव पोखरेलको शब्द रहेको छ भने लय पवन परियारले गरेका हुन् । गीतमा हेमन्त शिशिरको संगीत संयोजन छ । गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ ।

मोडल किशोर खत्री, बिष्णु ढकाल र निर्मला जिसी लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् ।

सिर्जन बरालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई दिपक गिरिले छायाँकन गरेका हुन् । गीतको भिडियो आकर्षक देखिएको छ । अमृत चापागाईको सम्पादन रहेको भिडियोलाई जनता डिजिटल युटुब बाट सार्बजनिक गरिएको छ ।