लोकप्रिय सर्जक तथा गीतकार कस्तुप पन्तको ‘तिमीले छुरा रोपेको मुटु…’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, असार २०, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- नेपाली गीत संगीत क्षेत्रमा लामो समय सर्बप्रिय बन्न सफल सर्जक तथा गीतकार हुन कस्तुप पन्त । उनका गीत सङितले धेरैलाई हसायो, नचायो त कतिलाई रुवायो । यस्तै अनगिन्ती गीतहरु बजारमा निकालिसकेका पन्तले सृजना गरेको पछिल्लो आधुनिक गीत ‘तिमीले छुरा रोपेको मुटु…’ सार्बजनिक भएको छ ।

लोकप्रिय गायिका अन्जु पन्तको आवाजमा रहेको उक्त गीतको शब्द, संगीत उनै सर्जक तथा गीतकार पन्तले गरेका हुन् । उनको आफ्नै कस्तुप पन्त नामक युटुब च्यानलबाट हिजो मात्र सार्बजनिक गीत धेरैले रुचाउन सफल भएका छन् ।

सारथी म्युजिक कम्पनिले बजार ब्यबस्थापन गरेको भिडियोको निर्देशन अन्जन शर्माले निर्देशन गरेका हुन् भने मुकेश हुमागाईंको छायांकन रहेको छ ।
चर्चित मोडल रक्षा श्रेष्ठ र अन्जन शर्माको दमदार अभिनय देख्न सकिन्छ ।  टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोलाई मिडिया डबलीको शुभकामना ।