नब-प्रतिभाको खानी यज्ञ सापकोटाको लय, शब्द र स्वरमा ‘चिरबिर चिरबिर चरी’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ २७, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ – अकला देवी म्युजिकको निर्माण रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘चिरबिर चिरबिर चरी’ बोलको गीतमा यज्ञ सापकोटा र प्रतिमा भट्टराईको स्वर रहेको छ ।

यज्ञ सापकोटाकोनै  लय तथा शब्द संकलन रहेको छ । भिडियोमा रिना थापा मगर,कृष्ण बहादुर गाहा,दिलिप सेन, राधिका कार्की,दोर्जे तामांग, र प्रिती स्यांग्तानलाई फिचर्ड गरिएको छ ।

मदन खड्काले निर्देशन गरेको भिडियोको बिरेन्द्र भट्टले छायांकन गरेका हुन् । केहि समयमानै ब्यापक चर्चामा आएको उक्त भिडियोको सम्पादन अनिल रानाले गरेका छन् ।