‘पोर्न स्टार’ अर्चना पनेरुको ‘रेट’ भारतीय पत्रिकामा छापियो, कति रहेछ ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, जेष्ठ २३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – ‘पोर्न स्टार बन्छु’ भनेर आफैं प्रचार गर्दै भारत बसाई सकाएर नेपाल छिरेकी अर्चना पनेरु एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आएकी छन् ।

भारतको चर्चित अनलाइन दैनिक भास्करले अर्चनाबारे समाचार लेखेर उनलाई चर्चामा ल्याएको हो । अश्लिल र अर्धनग्न फोटोहरू सामाजिक सञ्जालमा पोस्ट गरेपछि पनेरु एकाएक चर्चामा आएकी थिइन् ।

चर्चामा आएको एक वर्षभित्रै उनले दुई नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो खेलिन् । पूर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफैं भिर्दै हिँडेकी अर्चनाका बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ ।

भारतको चर्चित अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा दिएको छ । समाचारमा अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत भास्करले लेखेको छ, जबकी अर्चनालाइ केही लाखमा मात्र राजु गिरीले ‘जिस्म’ फिल्मबाट डेब्यू गराएका थिए ।

उपशीर्षकमा अर्चनाको ‘रेट’ ४.५ करोड लेखेको अनलाइनले आफ्नो पूर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ । यसले पनि बलिउड मिडिया नेपाली विषयको समाचार लेख्दा गम्भीर नभएर गलत जानकारी दिन पुगेको देखिएको छ ।

अर्चना पनेरुका अस्लिल हर्कतले उनी पटक–पटक प्रहरी फन्दामा समेत पर्ने गरेकी छन् ।