मोडल सापकोटा र रायमाझीको अभिनयमा ‘कृष्ने मेरो नाम’ सार्वजनिक

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ ६, २०७६

http://www.nepatop.com.np/

काठमाडौँ- मोडल कृष्ण सापकोटा र एलिना रायमाझीको अभिनयमा डिजे गीत ‘कृष्ने मेरो नाम’ सार्वजनिक भएको छ ।

कृष्ण सापकोटाकै आवाजमा बजारमा आएको उक्त गीतको लय, शब्द मधु सुधन बन्जाडेले गरेका छन् ।

गीतमा र्याप शुदिप भुसालको रहेको छ। गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् । भिडियो निर्देशन कृष्ण सापकोटाकै रहेको हो भने नबिन घर्ति मगरको सम्पादन रहेको छ ।