यि हुन् ‘डन’ अभिनेत्री, आजित भए दिग्गज कलाकार

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, जेष्ठ १, २०७६

काठमाडौँ- आगामी वर्ष निकै चर्चामा रहिन् चर्चित अभिनेत्री तुनश्री दत्ता । उनले नाना पाटेकर, गणेश आर्चाय, सामी सिद्धिकीलाई यौन शोषणको आरोप लगाएकी थिइन् ।

१० वर्ष पुरानो घटनालाई लिएर उनले अभिनेता तथा फिल्मकर्मीहरुमाथि आरोप लगाएकी थिइन् । हर्न ओके पिलिज फिल्मको सुटिङ सेटमा उनीमाथि यौन शोषण भएको भन्दै उनले मिटु क्याम्पिन नै सुरुवात गरेकी थिइन् ।

उनले मुद्धा दर्ता गरेपछि प्रहरीले बयान लिने काम गरेको थियो । उक्त समय सुटिङमा रहेका व्यक्तिहरुको बयान प्रहरीले लिएको थियो । धेरै जनासँग सोधपुछ गर्दा पनि प्रहरीले बलियो प्रमाण फेला पार्न नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

उनीहरुलाई घटनामा के भएको सम्झना पनि रहेको बताएपछि प्रहरी पनि जिल्ल परेको बताइएको छ । डेजी शाह त्यसबखत गशेण आचार्यकी सहयोगी रहेकी थिइन् । तर, उनले दिएको बयान पनि तनुश्रीले दिएको बयानसँग मेल नखाएको प्रहरीले जनाएको छ ।

तनुश्रीले भने सोधपुछ गरिएका व्यक्तिहरु आरोपीहरुका साथीहरु भएको र उनीहरुलाई डराउने प्रयास पनि भएको बताएकी छिन् । उनले चलाएको मिटु क्याम्पिनका कारण केही दिग्गज कलाकार विवादमा फसेका थिए । एजेन्सी