‘तिम्रो रुपैको जादु’मा नरेश–मेक्सम–मेलिनाको नौलो प्रयोग (भिडियो)

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३०, २०७६

http://www.nepatop.com.np/

काठमाडौं – संगीतकार नरेश खातीले ‘तिम्रो रुपैको जादु…’ बोलको गीत रिलिज गरेका छन् ।

गायक मेक्सम खाती र गायिका मेलिना राईको स्वरमा रहेको गीतका शब्द कुमार पौडेल ‘पिरो’ले लेखेका हुन् । लोक तथा दोहोरी गीतमा संगीत गर्दै आएका संगीतकार खातीले यस पटक फरक शैलीको गीत बनाएका हुन् ।

‘आधुनिक, लोक तथा दोहोरी गीत गर्दै आएको थिएँ’, उनले भने, ‘यस पटक अलिक फरक शैलीमा गीत बनाएको छु । फिल्मी शैलीको गीत बनाएको हुँ ।’ गीतको एरेञ्ज कमल सौराग, मिक्सिङ किशोर थापाले गरेका हुन् ।

गोरक्षा म्युजिक प्रालिले बनाएको ‘तिम्रो रुपैको जादु…’ गायक मेक्सिम खातीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गायक मेक्सिम खातीले पनि यस पटकको गीत अलिक फरक र नौलो बनेको बताए । ‘गीत राम्रो बनेको छ । हामीले गीतले पहिलाको भन्दा फरक शैलीको बनाएका छौँ’, उनले भने, ‘गीतबाट राम्रो आशा लिएका छौँ ।’

म्युजिक भिडियोमा मेक्सिम खाती र स्नेहा पौडेलको अभियन गरेको छ । म्यजिक भिडियोलाई शिशिर खातीले गरेका हुन् । छायाँकन शंकल भुजेल, सम्पादन बनिश शाहले गरेका छन् ।