नयण सोडारी ( चिन्तित ) को लय शब्दमा ‘बनबास…’ भिडियोसहित सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, बैशाख ३०, २०७६

काठमाडौँ- गायक राजु ढकाल र गायिका अमृता लुन्गेली मगरको आबाजमा लोकदोहोरी गीत ‘बनबास…’ सार्वजनिक भएको छ । नयण सोडारी ( चिन्तित ) को लय शब्दमा तयार पारिएको उक्त गितले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

मिलन श्रेष्ठको निर्देशनमा रहेको भिडियोको छायांकन मरुभूमि नारायणले गरेका हुन् । भिडियोको मिलन फिल्मले बजार ब्यबस्थापन गरेको छ ।

मोडल सुरज श्रेष्ठ, प्रतिमा केसी र गणेश खड्काको दमदार अभिनय रहेको छ । भिडियोको सम्पादन रोशन धितालले गरेका हुन् ।